आइतबार, जेठ १७, २०८३

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार (आज) विश्वासको मत लिँदैछन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार (आज) विश्वासको मत लिँदैछन्।  

National life

दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ। विपक्षी गठबन्धनको समर्थनमा कात्तिक १६ गते राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए। राईले विश्वासको मत लिने सम्वन्धि सूचना आइतबार प्रदेशसभामा दर्ता गराएका थिए ।

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने भएपछि त्यसको अघिल्लो दिन सोमबार साँझ गठबन्धनका सांसदहरुलाई होटलमा राखेर ह्वीप लगाइएको छ।

विश्वासको मत लिनका लागि रणनीति बनाउन बैठक बसेको मुख्यमन्त्री राईले बताए। उनले भने, ‘मलाई विश्वासको मत पाउन समस्यै छैन।’
९२ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद रहेका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सभामुखसहित ४१ सांसद छन्। प्रदेश सभामा राप्रपाका एक सांसद छन्।

Shivam cement

गठबन्धनको बैठकले नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र र कांग्रेसका गोपाल थापाको नेतृत्वमा सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण समिति गठन गरिएको छ। दुवै समितिमा गठबन्धनका नेताहरु सदस्यहरु छन्।

प्रकाशित: Nov 16, 2021| 07:51 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।