आइतबार, असोज २५, २०८३

'सत्यम'बाट मलिका बाहिरिएपछि पलको जोडी उपासना

अभिनेत्री तथा मोडल मलिका महत चलचित्र ‘सत्यम’बाट बाहिरिएकी छन्। उनको स्थानमा नायिका उपासना सिंह ठकुरीले अभिनय गर्ने भएकी छन्।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– अभिनेत्री तथा मोडल मलिका महत चलचित्र ‘सत्यम’बाट बाहिरिएकी छन्। उनको स्थानमा नायिका उपासना सिंह ठकुरीले अभिनय गर्ने भएकी छन्। उनी राइजिङ सुपरस्टार पल शाहको जोडीको रुपमा देखिनेछिन्। यसमा राजेश हमालको मुख्य भूमिका रहनेछ। 

पढाइ र सुटिङको समय तालिका नमिल्ने भएपछि महतले चलचित्र छाडेकी हुन्। निर्माता रेशम सापकोटाले मलिकाले चलचित्र छाड्नुको कारण उनको अध्ययन नै रहेको बताए। ‘मलिकाले बिबिए अध्ययन गर्दै हुनुहुन्छ। चलचित्रको कार्यशाला गर्ने समयसम्म पढाइ अनलाइनमा हुने भन्ने थियो तर सोचेभन्दा अगाडि नै कलेजको फिजिकल क्लास हुने भएपछि उहाँले समय दिन सक्नुभएन। अन्य कारण केहि छैन,’ सापकोटाले प्रष्ट पारे।

निर्देशक शंकर कार्कीका अनुसार ‘सत्यम’का लागि पहिले उपासनालाई नै अफर गरिएको थियो। तर अर्को चलचित्रको छायांकन मिति जुधेपछि उनले समय दिन सकेकी थिइनन्। निर्देशक कार्कीले भने, ‘पहिले उपासनाले चाहेर पनि समय दिन सक्नुभएको थिएन तर अहिले भने उहाँको समय मिलेको छ। हामीले सहमति गरेर अगाडि बढिसकेका छौं। अब मलिकाले अभिनय गर्ने भूमिका उपासनाले गर्नुहुन्छ’।

उपासना पहिलो पटक चलचित्रमा राजेश हमाल र पल शाहसँग स्क्रिन सेयर गर्नका लागि निकै उत्साहित छन्। यो चलचित्रबाट आफूले धेरै कुरा सिक्न पाउने उनको विश्वास छ।

त्यस्तै, हमालको जोडीको रुपमा निलिमा चन्दले अभिनय गर्ने भएकी छन् भने अभिनेत्री निरुता सिंहसँग पनि यो चलचित्रमा अभिनयको लागि कुराकानी भइरहेको निर्माता सापकोटाले बताए।

चलचित्रमा अनुप विक्रम शाही र अभय बराल, कृष्ण जोशीको पनि अभिनय रहनेछ। पर्दामा दर्शकले राजेश हमाल र अनुपको भिडन्त हेर्न पाउनेछन्। यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए। चलचित्रमा हमालको चार फरक लुक्स रहनेछ।

यो चलचित्रबाट राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन्। यसकारण पनि ‘सत्यम’ निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत बनेको छ। चलचित्रमा दक्षिण भारतिय चलचित्रहरुमा उदाइरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भूमिका रहनेछ। यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्ध सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यू गर्दैछन्। यि सबै कलाकारहरु अडिसनबाट छानिएका हुन्। 

नवयुग सिनेमाको प्रस्तुतिमा बन्ने ‘सत्यम’ लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै चलचित्रका निर्माता हुन्। गणेश पौडेल एसोसियट निर्माता रहेको चलचित्रका सह–निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन्। त्यस्तै, लाइइन प्रोड्युसरमा रेशम गौतम, सुबास भुर्तेल र कृष्ण अधिकारी छन्।

चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शिर्ष गीत र ब्याकग्राउण्ड म्युजिक, गणेश पौडेलको सह–संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ। त्यस्तै, चलचित्रको डिओपीमा राजेश श्रेष्ठ छन् भने टेक्निकल सुपरभाइजर जीवन थापा हुन्।

चलचित्रको एक्सन सिन खिच्न निर्माण टिमले पोखरामा भव्य सेट निर्माण गरेको छ। यो चलचित्र माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ। निर्देशक शंकर कार्कीका अनुसार निर्माणधिन सेटमा हेलिकोप्टर क्र्यासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ।

प्रकाशित: Nov 15, 2021| 14:10 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।