शनिबार, चैत ७, २०८२

आफ्नै देशमा व्यवसाय गर्ने वातावरण बन्दैछ : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरू क्रमशः स्वदेशमा फर्किएर देशमै केही गर्ने वातवरण बन्दै गएको बताएका छन्।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपालीहरू क्रमशः स्वदेशमा फर्किएर देशमै केही गर्ने वातवरण बन्दै गएको बताएका छन्। 

National life

नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताएका हुन्। ‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ अहिले क्रमशः आफ्नै देशमा फर्केर पेसा, व्यवसाय गर्ने वातावरण बन्दै छ। हामी पनि त्यसकै लागिपरेका छौँ। ’

मन्त्री पौडेलले आफ्नो देश आफैले बनाउनुपर्ने भन्दै सक्रिय भएर लाग्न अनुरोध गरेका छन्।

मन्त्री पौडेल युनेस्कोको ४१ औँ महासभामा भाग लिन नोभेम्बर १० तारिखमा फ्रान्स गएका थिए। मन्त्री पौडेल १८ तारिख स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: Nov 15, 2021| 13:46 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्