शुक्रबार, जेठ १, २०८३

मलालाको बायोपिक 'गुल मकई'को पोस्टर सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- नोबेल शान्ति पुरस्कार विजेता 'मलाला युसुफजाई'को जीवनमा आधारित फिल्म 'गुल मकई'को पोस्टर सार्वजनिक भएको छ । आधिकारिक ट्वीटर हेन्डलबाट फिल्मको मोसन पोस्टर सार्वजनिक गरिएको हो । 

अमजद खानको निर्देशनमा बनेको फिल्ममा मलालाको भूमिकामा रिम शेख देखिँदैछिन् । स्वर्गीय ओम पुरी, अतुल कुलकर्णी, दिव्या दत्तजस्ता कलाकार फिल्ममा छन् । 'रिलिज डेट' भने टुंगो लागिसकेको छैन ।

मलाला पाकिस्तानको खैबर-पख्तुनख्वा प्रान्तको स्वात जिल्लास्थित मिंगोराकी स्थायी बासिन्दा हुन् । ११ वर्षदेखि 'गुल मकई' नामक आफ्नो डायरीमार्फत् तालिवानविरुद्ध अभियान थालेकी थिइन् । उनले स्थानीय किशोरीहरूलाई स्कुल जान रोक्ने तालिवानी निर्णयविरुद्ध शैक्षिक क्रान्ति नै गरिन् ।

९ अक्टोबर २०१२ मा स्कुलबाट फर्किंदै गरेकी उनलाई तालीवानी लडाकुले टाउकोमा गोली प्रहार गरेका थिए । तत्काल उनलाई उपचारका लागि बेलायतको राजधानी लन्डन लगिएको थियो । पूर्ण ठीक भएपछि उनले लन्डनमै शिक्षा लिइन् । 

उनको बहादुरीलाई संसारभर सम्मान गर्ने गरिन्छ । सन् २०१४ मा भारतका कैलाश सत्यार्थी र मलालालाई संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।