शनिबार, साउन १६, २०८३

स्वास्थ्य सेवातर्फको १२औं तहका लागि बढुवा समितिको बैठक बस्दै

स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह)को रिक्त पदका लागि बढुवा समितिको बैठक आज बस्ने भएको छ। बढुवा समितिले आज तीन वटा रिक्त पदका लागि पाँच जनाको नाम सिफारिस गर्ने जनाइएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं– स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह)को रिक्त पदका लागि बढुवा समितिको बैठक आज बस्ने भएको छ। बढुवा समितिले आज तीन वटा रिक्त पदका लागि पाँच जनाको नाम सिफारिस गर्ने जनाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा १२औं तहका लागि तीन वटा पद खालि छन्। उक्त खालि भएका पदका लागि २१ जनाले आवेदन दिएका छन्। 

आवेदन दिएकामध्ये पाँच जनाको नाम समितिले मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ र उनीहरूमध्ये तीन जना १२औं तहमा बढुवा हुनेछन्। १२औं तहको रिक्त पदका लागि नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) का  आधारमा बढुवा गर्न लागेको हो। 

यसअघि कार्तिक १७ मा बसेको सिफारिस समितिको बैठकले नाम सिफारिस गर्न नसकेपछि बैठक केही समय स्थगित भएको थियो। बढुवा समितिमा लोकसेवा आयोगका पदाधिकारी, मुख्य सचिव, कानुन सचिव, स्वास्थ्य सचिव छन्।

आवेदन दिने २१ कर्मचारी

डा. भिमसिंह तिंकरी

डा. गुणराज लोहनी

डा. तारानाथ पोखरेल

डा. संगिता कौशल मिश्रा

डा. कृष्ण प्रसाद पौडेल

डा. वासुदेव जनार्दन प्रसाद उपाध्याय

डा. विकास देवकोटा

डा. संजय कुमार ठाकुर

डा. श्याम सुन्दर यादव

डा. दिप थापा मगर

डा. श्रीकृष्ण श्रेष्ठ

डा. सुधा देवकोटा

डा. आमिर बाबू श्रेष्ठ

डा. रघुनन्दन ब्याजु

डा. टंक प्रसाद बाराकोटी

डा. प्रभा चापागाईं कोइराला

गोमादेवी निरौला

डा. शैली प्रधान

डा. आरपी बिच्छा

डा. सुदेश सुवेदी

सुनिलराज शर्मा

प्रकाशित: Nov 15, 2021| 09:49 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्