बुधबार, भदौ ३, २०८३

लमजुङमा स्कुल बसमा आगलागी

बेंसीसहर नगरपालिका-७ रहेको सञ्चालित ल्यान्डस्टार आवासीय माध्यमिक विद्यालय (बोर्डिङ स्कुल) को बसमा आगलागी भएको छ।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

लमजुङ- बेंसीसहर नगरपालिका-७ रहेको सञ्चालित ल्यान्डस्टार आवासीय माध्यमिक विद्यालय (बोर्डिङ स्कुल) को बसमा आगलागी भएको छ। 

पार्किङ गरेर राखिएको ग१क २८२५ को बसमा आइतबार दिउँसो पौने तीन बजेतिर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ। प्रहरी, स्थानीय, शिक्षक, अभिभावक, विद्यार्थी मिलेर आगो नियन्त्रणमा लिएका थिए।

प्रहरीले सवारी चालकको सिटमुनी इन्जिनबाट एक्कासी आगो निस्केको देखिएको जनाएको छ। आगलागीबाट बसको इन्जनमा क्षति पुगेको छ।

विद्यालयका सञ्चालक सरोज रेग्मीले समयमै नियन्त्रणमा लिएकोले ठूलो क्षति हुनबाट जोगिएको बताएका छन्।


प्रकाशित: Nov 15, 2021| 08:50 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।