शनिबार, मंसिर १३, २०८२

अब कर्मचारी अभाव हुन दिन्‍न : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन्।
 |  सोमबार, कात्तिक २९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २९, २०७८

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन्।

अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा उनले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए।

उनले भने, ‘संघीय सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्न नसक्दा र प्रदेशले लोकसेवा आयोग ढिलो ल्याउँदा कर्मचारी व्यवस्थापन गर्न कठिन भएको हो।’ 

प्राप्त बजेट बढीभन्दा बढी कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिँदै मन्त्री बरालले अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब पाँच अर्ब कम बजेट विनियोजन भएकाले प्राप्त बजेटलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।

जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख राजेन्द्र शेरचनले कर्मचारी अभावले गर्दा विकास निर्माण एवं जनताका धेरै काम प्रभावित भएको बताएका छन्। 

अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले बजेट कार्यान्वयनको अवस्था बुझी कठिनाइ भएका अवस्थामा सहजीकरण गर्ने उद्देश्यले जिल्लामा छलफल गरिएको जानकारी दिए। कोष लेखा तथा नियन्त्रण कार्यालय मुस्ताङका डालेश्वर अर्यालले प्राकृतिक स्रोत साधनबाट राजस्व संकलन हुन नसकेको गुनासो गरे।

स्वास्थ्य कार्यालय मुस्ताङका टीकाराम भण्डारीले मुस्ताङमा हाल दुई  होम आइसोलेसनका कोरोना संक्रमित छन् भने जिल्लामा कोरोनाबाट हालसम्म १५ जनाको मृत्यु भएको जानकारी दिए।

पूर्वाधार विकास कार्यालयका प्रमुख विवेक सिग्देलले जिल्लामा छ वटा बहु वर्षीय योजना भएको जनाउँदै यसै वर्ष उक्त योजनासहित अन्य दायित्व कार्यालयलाई करिब १४ करोड आवश्यक पर्ने भएको दाबी गरे। सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रामचन्द्र ढुङ्गानाले हालसम्म आफू मात्र एक कर्मचारी भएकाले काम गर्न कठिन भएको गुनासो गरेका छन्।

हालै गठन भएको कार्यालयमा एक मात्र कर्मचारी हुँदा आफूले चाहेर पनि काम गर्न कठिन भएको उनको भनाइ छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अर्थ मन्त्रालयका शाखा अधिकृत केशव सुवेदी, डिल्ली सुवेदीलगायतका प्रदेशका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिले विकास निर्माणका बारेमा चर्चा गरेका थिए।

यसै गरी, आइतबारै मुस्ताङमा आएको हिउँ पहिरोमा परी घाइते भएकालाई मन्त्री बरालले जिल्ला अस्पताल मुस्ताङमा पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिए। हिउँ पहिरो गएको क्षेत्र घट्टे खोला क्षेत्रमा पुगेर समेत उनले स्थानीयलाई  सचेत रहन आग्रह गरेका थिए।
प्रकाशित: Nov 15, 2021| 07:21 सोमबार, कात्तिक २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।