काठमाडौं- आफ्नो माया प्राप्तिका लागि राजमहलको सुख छोड्नु कम्ता हिम्मतको कुरा होइन। माया प्राप्तिकै लागि सामान्य जीवन जिउन भन्दै जापानकी राजकुमारी माको न्यूयोर्क पुगेकी छन्।
जापानका आगामी राजा युवराज फूमिहितोकी सबै भन्दा ठूली छोरी तथा सम्राट् नारुहितोकी भतिजी माको न्यूयोर्कमा श्रीमानका साथ बहालमा लिइएको एक बेडरुपको फ्ल्याटमा बस्ने छिन्।
माको र उनका श्रीमान् कोमुरो आइतबार बिहान जेएफको विमानस्थलबाट निस्किँदै गर्दा आफ्नो सामान आफैले उठाउँदै गरैको देखिएका थिए। कोमुरो यहाँ एक निजी कानुनी फर्ममा काम गर्छन्। ३० वर्षीय माको एकलाई एक सामान्य व्यक्तिसँग विवाह गर्दा राजकुमारीको दर्जा तथा शाही सुविधालाई त्याग गर्नु परेको थियो।
राजकुमारी माकोले प्रेम प्राप्तिका लागि शाही दर्जा त्याग्ने तथा प्राप्त हुने ८.९० लाख डलरको सम्पत्ति त्यागेकी थिइन्।