सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • राजनीतिक दलको महाधिवेशन : चितवनमा पर्यटनसँगै अर्थतन्त्र चलायमान

Siddartha premir insuranceSiddartha premir insurance

राजनीतिक दलको महाधिवेशन : चितवनमा पर्यटनसँगै अर्थतन्त्र चलायमान

राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन्। यसले समग्र जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाएको हो।
 |  आइतबार, कात्तिक २८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

चितवन- जिल्लामा राजनीति दल र तिनका भातृ संगठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ। 

triton college

राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन्। यसले समग्र जिल्लाको अर्थतन्त्रलाई चलायमान बनाएको हो। देशको ठूलो राजनीतिक दल नेकपा (एमाले), नेकपा (माले) र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको महाधिवेशन जिल्लामा हुँदै गर्दा यहाँको पर्यटन र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भएको हो।

 नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय महाधिवेशन नारायणगढको नारायणी कला मन्दिरमा कात्तिक २७ गतेदेखि जारी छ। उक्त अधिवेशन २९ गतेसम्म सञ्चालन हुनेछ। पार्टीका नेता भगवती घिमिरेका अनुसार देशभरबाट ३५० जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन्। प्रतिनिधि जिल्लाका विभिन्न होटलमा बसिरहेका छन्। प्रतिनिधि बाहेकका पनि पार्टी शुभेच्छुक यहाँ आएको उहाँले जानकारी दिनुभयो।

 नेकपा (एमाले) को १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म यही हुँदैछ। उद्घाटन सत्र नारायणी नदी किनारमा र बन्द सत्र सौराहामा गरिँदै छ। महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि हुनेछन्। यसका अतिरिक्त सोही सङ्ख्याभन्दा बढी शुभेच्छुक, नेता कार्यकर्ता, विदेशी र स्वदेशी पाहुना हुने अनुमान गरिएको छ।

सो समयमा सौराहामा रहेका अधिकांश होटलका कोठा बुकिङ भइसकेका छन्। पार्टीले चार हजार बेड बुकिङ गरिसकेको छ। सौराहाको क्षमता ६ हजार ५०० शय्या हो। क्षेत्रीय होटल सङ्घका अनुसार मङ्सिर ९ गतेदेखि १२ गतेसमम सौराहाका सबै कोठा बुकिङ भइसकेका छन्। ठूला राजनीतिक दलको महाधिवेशन यहाँ भएको यो पहिलो हो।

Metro Mart
vianet

बन्द सत्र हुने सौराहा चितवन क्षेत्र नं १ मा पर्दछ। सो क्षेत्रका सांसदसमेत रहनुभएका पाण्डेले यसले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने बताए। नेकपा एमालेको महाधिवेशनमा मात्रै रु आठ करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ। प्रतिनिधि नभएकाबाट पनि ठूलै रकम खर्च हुने व्यवसायी बताउँछन्। नेता पाण्डेले भने, 'एक दिने जात्रा र सभामा त ठूलो आर्थिक चलायमान हुन्छ भने महाधिवेशनले त जिल्लाका समग्र क्षेत्रको अर्थतन्त्र चलायमान बनाउँछ।'

प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जिल्लाको समग्र क्षेत्र लाभान्वित हुने पूर्वअर्थमन्त्री समेत रहेका पाण्डेको भनाइ छ। यससँगै यहाँको पर्यटन देशभर प्रबर्द्धन हुने उनको भनाइ छ। देशैभरबाट आउने मानिसले यहाँका पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुर्‍याउने देखिएको छ। 

नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको केन्द्रीय महाधिवेशन मंसिर १८ र १९ गते नारायणगढमा हुँदैछ। उक्त महाधिवेशनमा देशभरबाट ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार महाधिवेशनका प्रतिनिधिलाई भरतपुर र गैँडाकोटका होटलमा राखिँदैछ। महाधिवेशनको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने हुँदा अन्य नेता, कार्यकर्ता र सहभागीसमेत आउने अधिकारीको भनाइ छ।

दुईवटा पार्टी र एउटा भातृ सङ्गठनको केन्द्रीय महाधिवेशनले यहाँको अर्थतन्त्र चलायमान बनाउन सुरु गरेको व्यवसायी बताउँछन्। क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यसले व्यवसायीमा उत्साह थपिएको बताए। कोभिडका कारण प्रभावित भएका होटल, रेष्टुरेन्ट भरिभराउ हुन थालेको र महाधिवेशनका दिन सबै होटल बुकिङ भइसकेको उनले जानकारी दिए। ठूलो राजनीतिक दलको केन्द्रीय महाधिवेशन हुँदै गर्दा अरु दलका केन्द्रीय कार्यक्रम यहाँ आउने उनको विश्वास छ। 

होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश चुकेले महाधिवेशनको लहरसँगै होटल, रेष्टुरेन्टको व्यापार बढ्न थालेको बताए। यस्ता कार्यक्रमले यहाँको अर्थतन्त्र चलायमान हुने जिल्लाका व्यवसायी चुकेको भनाइ छ। कोभिड–१९ पछिको राम्रो व्यापार महाधिवेशनसँगै सुरु हुने उनले बताए। यी कार्यक्रमबाट यहाँको पर्यटकीय महत्वका क्षेत्रको बारेमा देशभर प्रचारप्रसार हुने व्यवसायी चुकेको भनाइ छ।  

 नेकपा (माले) को नारायणी कला मन्दिर, नेकपा एमालेको नारायणी नदी किनार र सौराहाको होटल सेभेन स्टार तथा प्रेस सेन्टर नेपालको दियालो फुडल्याण्ड क्षेत्रपुरमा महाधिवेशन हुँदैछ। नारायण अधिकारी/रासस

प्रकाशित: Nov 14, 2021| 17:17 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।