बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पनि धुलिखेल जिपलाइनमा

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना पनि धुलिखेल जिपलाइनमा

जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाको भनाइ छ। ‍एक कार्यक्रमका शिलशिलामा धुलिखेल पुगेका तिमिल्सिनाले क्लासिक जिपलाइनको अनुभव लिएका छन्।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिपलाइन खेलेका छन्। धुलिखेल जिपलाइन पुगेर तिमिल्सिनाले जिपलाइन खेलेका हुन्। 

जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाको भनाइ छ। ‍एक कार्यक्रमका शिलशिलामा धुलिखेल पुगेका तिमिल्सिनाले क्लासिक जिपलाइनको अनुभव लिएका छन्।

यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि जिपलाइनको अनुभव लिएका थिए। 

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल)देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल)सम्मको जिपलाइन दुरि ११ सय मिटर छ। भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

काठमाडौंबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सुरु भएको हो।

प्रकाशित: Nov 14, 2021| 16:53 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।