बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलन (फोटो फिचर)

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलन (फोटो फिचर)

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियूले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि घटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।
 |  आइतबार, कात्तिक २८, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका छन्। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियूले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि घटाउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। 

National life

निगमले गत बिहीबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यसअघि १२ कात्तिक राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको थियो।

यस पटक पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर ३ रुपैयाँका दरले बढाएको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रति लिटर १३६, डिजल र मट्टीतेलको मूल्य प्रति लिटर ११९ पुगेको छ। 

खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर ७५ रुपैयाँ बढाएर एक हजार ५७५ रुपैयाँ पुर्‍याएको छ। यसअघि १२ कात्तिकमा ग्यासको मूल्य ५० रुपैयाँले बढाइएको थियो। त्यस्तै, हवाई इन्धन प्रति लिटरमा ५ रुपैयाँ बढाएर १०१ रूपैयाँ पुर्‍याएको छ।


Shivam cement

 



प्रकाशित: Nov 14, 2021| 16:22 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।