शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • भूपेन्द्र हत्याको गुत्थी खोज्दै प्रहरी, ठूलोबुबा भन्छन् : हत्यारा नभेटिए आन्दोलन चर्किन्छ

Siddartha premir insuranceSiddartha premir insurance

भूपेन्द्र हत्याको गुत्थी खोज्दै प्रहरी, ठूलोबुबा भन्छन् : हत्यारा नभेटिए आन्दोलन चर्किन्छ

नवीन रावलको समूहले ट्रयापमा पारेर भूपेन्द्रको हत्या गरेको बताउँछन् उनका ठूलोबुवा तथा संविधानसभा सदस्य भगत बडुवाल।
 |  आइतबार, कात्तिक २८, २०७८
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं– कैलालीको लम्कीचुहा–१ स्थित बडुवाल परिवार अहिले शोकमा छ। कारण– कात्तिक २३ गते मंगलबार राति टीकापुरमा २२ वर्षीय भूपेन्द्र बडुवालको हत्या भयो। उनलाई आपराधिक गिरोहले राति ९ बजे खुकुरी प्रहार गरी हत्या गरेको थियो।

triton college

बडुवाल लम्कीचुहा नगरपालिका–१ का बासिन्दा हुन्। बडुवालको हत्या टीकापुरस्थित सिद्धार्थ होटेल नजिकै भएको थियो। उनको हत्या भएको एक हप्ता बित्नै लाग्दा पनि प्रहरीले मुख्य आरोपितलाई पक्राउ गर्न सकेको छैन।

नवीन रावलको समूहले ट्रयापमा पारेर भूपेन्द्रको हत्या गरेको बताउँछन् उनका ठूलोबुवा तथा संविधानसभा सदस्य भगत बडुवाल। भूपेन्द्रको साथीलाई प्रयोग गरेर उनले हत्या भएको उनको दाबी छ। ‘नवीनको निकै आपराधिक समूह छ। उनीहरूले ट्रयापमा पारेर हाम्रो छोराको हत्या गरेका हुन्,’ भगतले नेपाल समयसँग कुरा गर्दै भने, ‘भूपेन्द्रको साथी कपिल श्रेष्ठलाई प्रयोग गरेर उनीहरूले हत्या गरेको देखिन्छ।’

कपिलले राति आफ्नो मोटरसाइकलमा तेल सकियो भनेपछि एक जना साथीलाई बोकेर भूपेन्द्र तेल बोकेर राति टीकापुर गएको उनले बताए। उनले प्रहरी अनुसन्धानबाट कपिलले आफूले ‘थ्रेट’ महसुस गरेको भन्दै भूपेन्द्रलाई २७ पटकसम्म कल गरेको पाइएको बताए।

त्यसपछि उनी टीकापुर जाँदै गर्दा कपिलले नै आफूलाई केही व्यक्तिले घेर्न खोजिरहेको बताएको पाइएको भगत बताउँछन्। ‘साथीले अप्ठ्यारोमा परेको भनेपछि भूपेन्द्र फेरि टीकापुरतिर गयो। टीकापुर जाने क्रममा बाटोमा केरा बारी छ। त्यहाँ नजिकै शिव मन्दिर छ। उसले ८–१० बाइक बाटोमा रोकेको देखेपछि शंका लागेर टीकापुरतर्फ भागेको देखिन्छ। नवीनको समूहले लखेटी–लखेटी टीकापुरस्थित सिद्धार्थ होटल नजिक पुगेपछि आक्रमण गरेछ,’ ठूलोबुवा बडुवालले भने।

Metro Mart
vianet
नवीन रावलको समूहले ट्रयापमा पारेर भूपेन्द्रको हत्या गरेको बताउँछन् उनका ठूलोबुवा तथा संविधानसभा सदस्य भगत बडुवाल।

आफू सुरक्षित हुने भन्दै सिद्धार्थ होटल नजिकै रहेको आफन्तको घरमा जान भूपेन्द्र त्यहाँ पुगेको भगतको दाबी छ। उनले बेलुकी सवा सात बजेतिर परिवारका सबै सदस्यले सँगै खाना खाएको बताए। बडुवाल परिवार लम्कीस्थित टीकापुर रोडमा बस्ने र भूपेन्द्र लम्की–अछाम रोडमा पुरानो रिसोर्ट भएको घरमा सुत्न जाने गरेको उनले सुनाए। घरमा सँगै खाना खाइसकेपछि सुत्छु भनेर गएको छोराको राति हत्या भएको समाचार सुन्दा आफूहरू छाँगाबाट खसेजस्तै भएको उनले बताए।

हप्ता दिन बित्नै लाग्दा पनि प्रहरी मुख्य अभियुक्तसम्म पुग्न नसक्नु आपत्तिजनक विषय रहेको उनी बताउँछन्। ‘प्रहरी प्रशासनले हामी खोजी कार्यमा छौं भने पनि चाँडो अभियुक्त पक्राउ गरेर सार्वजनिक गर्नुपरो। नत्र जनमानसमा आक्रोश बढ्दै जान्छ,’ उनले भने। नवीन रावलको पुरानै आपराधिक इतिहास रहेको र प्रहरीले समयमै नसमात्दा यो दुखद् घटना घटेको उनी बताउँछन्।

आठ आरोपित पक्राउ, आठ अझै फरार

भूपेन्द्रको हत्या आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएका आठ जना अझै फरार छन्। कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले किटानी जाहेरी भएका घटनाका मुख्य योजनाकार भनिएका नवीन रावलसहित आठै जनाको खोजी भइरहेको बताए।

भूपेन्द्रलाई चक्कु प्रहार गरेको आरोप लागेका लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ। देवकोटासँगै सोही ठाउँका २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ का १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले पनि पक्राउ परेका छन्। तर, हत्यामा प्रयोग भएको हतियार भने प्रहरीले फेला पार्न सकेको छैन।

देवकोटा बाहेक अन्य सात जनालाई हत्या योजनामा सघाएको आरोप लागेको छ। प्रहरीले घटनास्थलबाट एक थान खुकुरी बरामद गरेको छ। तर, अभियुक्तहरूले हत्यामा चक्कुको प्रयोग भएको बयान दिएका छन्। प्रहरीले उक्त चक्कु भने बरामद गर्न सकेको छैन। यसका साथै प्रहरीले घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको कालो रंगको स्कुटरसमेत बरामद गरेको छ।

भूपेन्द्रलाई चक्कु प्रहार गरेको आरोप लागेका लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ।

भूपेन्द्र डम्बर र भावना बडुवालका एक्लो छोरा हुन्। भूपेन्द्रमाथि नै उनीहरूले जीवनका सपना साँचेका थिए। अल्पायुमै अकल्पनीय घटनामा छोरो गुमाउनुपर्दा उनीहरू अचेतजस्तै छन्। उनीहरूले छोरालाई अमेरिका पठाउने तयारी गरेका थिए। उनी अमेरिका जानैका लागि केही वर्षअघि काठमाडौं छिरेका थिए। काठमाडौंमा हुँदा उनले परिवारको सल्लाह अनुसार नै अमेरिका जाने तयारी थालेका थिए। 

भूपेन्द्रलाई चक्कु प्रहार गरेको आरोप लागेका लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ।

सोहीअनुरुप उनले उच्च शिक्षा अध्ययनका लागि पहिलो चरणको भाषा परीक्षासमेत पास गरिसकेका थिए। उनकी एक बहिनी पनि छिन्। उनी काठमाडौंमा बहिनीसँगै बस्थे। भूपेन्द्र दसैं मनाउन बहिनीसँगै घर गएका थिए। उनले दसैं त मनाए। तर, त्यसको केही दिनमै कहिले नफर्किने गरी संसारबाटै बिदा लिए।

पिता डम्बर र माता भावनाका आँखा अझै ओभाएका छैनन्। लाउँलाउँ खाउँखाउँ उमेरको विदेश जाने तयारीमा रहेको छोरालाई अकालमै गुमाउनु पर्दा उनीहरूले आफूलाई सम्हाल्न सकेका छैनन्। आफन्तले उनीहरूको मन थाम्न खोजिरहेका छन्। तर, बेलुकी सँगै खाना खाएर छुट्टिएको छोरो गुमाउन पुग्दा उनीहरू भावविह्वल छन्। 

ठूलोबुवा भगत बडुवाल दोषीलाई कारबाही नगर्दासम्म आफ्नो छोराको आत्माले शान्ति नपाउने बताउँछन्। ‘हामीलाई दैवले असह्य पीडा दिएको छ। भाइ–बुहारीको मन थाम्नै सकिएको छैन। हाम्रो घरमा निकै कारुणिक अवस्था छ। हामीलाई यस्तो अवस्थामा पुर्याउने पापीहरूलाई चाँडोभन्दा चाँडो कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने।

प्रहरीले अपराधीलाई चाँडो पक्राउ नगरे आन्दोलन चर्काउने उनले चेतावनी दिएका छन्। पहिलेदेखि नै अपराधमा संलग्न व्यक्तिलाई प्रहरीले बेलैमा पक्राउ नगर्दा यो घटना घटेको बताउँदै उनले प्रहरीलाई चाँडो दोषीलाई कानुनी घेरामा ल्याउन आग्रह गरे।

अनुसन्धानका लागि सीआईबीको टोली खटाइँदै

जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले भूपेन्द्र हत्या घटनाको अनुसन्धान गरिरहेको छ। कैलाली प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको समेत विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याएपछि नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) को छुट्टै टोलीसमेत अनुसन्धानका लागि खटाइने भएको छ।

जिल्ला र प्रदेशबाट माग भएबमोजिम अनुसन्धानका लागि सीआईबीको टोली खटाइन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सीआईबीको विशेष टोली काठमाडौंबाट कैलाली गएर सोमबारदेखि काम सुरु गर्नेछ। बडुवाल हत्या प्रकरणमा लम्की र टीकापुर क्षेत्रमा विगतदेखि नै आपराधिक गतिविधि गर्दै आएको गिरोह संलग्न रहेकाले यो घटना आकस्मिक नभएर संगठित अपराध अन्तर्गत भएको हुनसक्छ।

पछिल्लो समय पूर्वी कैलालीमा आपराधिक गतिविधि वृद्धि हुँदै गएको समेत प्रहरीको तथ्यांकले देखाएको छ। यही कात्तिकमा मात्रै टीकापुरमा दुईवटा एउटै प्रवृत्तिका घटना घटेका छन्। कात्तिक १२ गते टीकापुर–८ कालीमाटीका १८ वर्षीय अनुप साउदको चक्कु प्र्रहार गरी हत्या भएको थियो। बर्थडे पार्टीमा रमाइरहेक बेला छिमेकी गाउँका युवाहरूसँग अनुप समूहको विवाद भएको थियो। पार्टीमा सोही ठाउँका हरि साउले नाच्दा अनुप समूहका युवाहरू हाँसेको भन्दै भएको विवादले हत्याको रुप लिएको हो।

प्रकाशित: Nov 14, 2021| 15:50 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।