सुर्खेत- कर्णाली प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा धुव्रकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
उनले आइतबार नै पद तथा गोपनियताको शपथ लिएका छन्। सुर्खेत निवासी श्रेष्ठ २०४८ सालदेखि न्याय क्षेत्रमा सक्रिय छन्।
मध्यपश्चिम विश्वविद्यालय पुनरावेदन आयोगको सदस्य रहेका श्रेष्ठले राजनीतिक शास्त्रमा एमए र बीएलसम्मको अध्ययन गरेका छन्।