शनिबार, मंसिर १३, २०८२

मुस्ताङको थासाङमा हिमपहिरो, स्थानीयको भागाभाग

मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा हिमपहिरो गएको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं- मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा हिमपहिरो गएको छ। मानापाथी हिमालको फेदीबाट आज बिहान १० बजेतिर हिमपहिरो झरेको हो।

National life

पहिरो झरेपछि स्थानीयको भागदौड भएको छ। भागदौड गर्ने क्रममा एकजना शिक्षक र ६ जना विद्यार्थी घाइते भएको बताइएको छ। बस्तीमाथिको हिमालबाट हिमपहिरो झरेको ठूलो आवाज आएको थियो। 

भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पहिरोले बस्तीमा भने क्षति पुर्‍याएको छैन।

हिमपहिरोका कारण खोलामा पानीको बहाव बढेको बताइएको छ। हिमपहिरो गएको क्षेत्रमा स्थानीयका चौंरी थिए। चौंरीको अवस्थाबारे केही जानकारी आएको छैन। 

प्रकाशित: Nov 14, 2021| 15:16 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।