आइतबार, असोज २५, २०८३

गायिका ब्रिट्नी स्पेयर्सलाई १३ वर्षे 'गार्जियनसिप'बाट उन्मुक्ति

अमेरिकी गायिका, गीतकार तथा नर्तकी ब्रिट्नी स्पेयर्सलाई १३ वर्षे झन्झटपूर्ण 'गार्जियनसिप'बाट उन्मुक्ति मिलेको छ।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

क्लालिफोर्निया (अमेरिका)- अमेरिकी गायिका, गीतकार तथा नर्तकी ब्रिट्नी स्पेयर्सलाई १३ वर्षे झन्झटपूर्ण 'गार्जियनसिप'बाट उन्मुक्ति मिलेको छ। आफ्नो व्यक्तिगत जीवनका थुप्रै पक्षमा नियन्त्रणकारी 'गार्जियनसिप'बाट मुक्ति मिल्दा आफूलाई 'जीवनकै सर्वोत्तम दिन' लागेको प्रतिक्रिया दिएकी छन्। 

'मलाई लाग्दैछ, म रुन लागिरहेकी छु,' ३५ लाख फलोअर भएको आफ्नो इन्स्टाग्राम एकाउन्टमा उनले लेखेकी छन्। 

अमेरिकाको लस एन्जलसस्थित कन्ट्री सुपेरियर कोर्टका न्यायाधीश ब्रेन्डा पेनीले शुक्रबार ब्रिट्नीको गार्जियनसिप अन्त्य गर्ने फैसला सुनाएका थिए। सन् २००८ मा उनलाई समस्या भएपछि 'बुबा'को जिम्मा लगाइएको थियो। तर आफूलाई 'बुबा'ले विभिन्न विषयमा रोकटोक गरेको भन्दै आफूलाई ती बाबुको गार्जियनसिपबाट मुक्ति पाउन माग गर्दै उनले अदालतमा मुद्दा दायर गरेकी थिइन्।

 

ब्रिट्नीलाई गार्जियनसिपबाट मुक्त गर्ने आदेश आएसँगै ब्रिट्नीका सयौँ फ्यानहरूले अदालतअघि जम्मा भएर उल्लास मनाएका थिए। विगत लामो समयदेखि ब्रिट्नीको उन्मुक्तिको माग गर्दै उनका फ्यानहरूले 'फ्री ब्रिट्नी' अभियान नै चलाएका थिए। 

यसअघि नै बिट्नीका बाबु ज्यामीले तत्कालीन अवस्था (सन् २००८) मा गार्जियनसिप आवश्यक भएको बताएका थिए। तर अहिले उनले आफ्नो जीवन आफैँ सम्हाल्न सक्ने अवस्था आएकोमा सहमति जनाएको बताइएको छ।

'त्यसबेला उनी शारीरिक, भावनात्मक, मानसिक र आर्थिक कठिनाइमा थिइन्। उनको जीवन गाह्रो थियो,' ज्यामी स्पेयर्सका वकिलले अदालतमा भनेका थिए। त्यसबेला उनको जीवनमा दुर्घटना हुन सक्ने भन्दै ज्यामीको अभिभावकत्व ज्यामीले लिएका थिए। 

'कन्सरभेटरसिप' पनि भनिने उक्त अभिभावकीय दायित्वका कारण आफ्नो आर्थिक कारोबारसँगै करिअरका र व्यक्तिगत जीवनका निर्णयमा नियन्त्रण गरेको ब्रिट्नीको भनाइ थियो। यसले आफ्ना किशोरावस्थाका छोराहरूसँग भेट्न र पुनर्विवाहका लागिसमेत बन्देज लगाएको उनको भनाइ थियो। 

प्रकाशित: Nov 14, 2021| 15:06 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।