बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक काम गरिरहेको छ : प्रधानमन्त्री देउवा

प्रज्ञा प्रतिष्ठानले ऐतिहासिक काम गरिरहेको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन्।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताएका छन्।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औं बैठक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन–अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक संस्कृति–कलाहरुलाई समेटेर उनीहरुको संरक्षण, संवर्द्धन र उन्नतिका क्षेत्रमा थप प्रयास गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री देउवाले भने, ‘प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ति प्राज्ञिक कुराहरु छन्। नेपाली पौरख र नेपाली गौरवभित्र लुकेर बसेका कैयौं सम्पदाहरु छन्। यिनको खोजी र प्रकाशन गर्नुपर्छ।’

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनुपर्ने बताए। उनले देश भौतिक रुपमा जति नै सम्पन्न भए पनि देशको सांस्कृतिक पक्ष कमजोर भएमा अपेक्षित सफलता हात पार्न नसक्ने बताए। प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र लगायतका विषयहरुमा केन्द्रित रहेर अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला प्रकाशनका माध्यमबाट राष्ट्रियताको लागि र राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि ऐतिहासिक काम गरिरहेको दाबी गरे।


प्रकाशित: Nov 14, 2021| 12:25 आइतबार, कात्तिक २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।