शनिबार, चैत ७, २०८२

युनेस्को महासभामा शिक्षामन्त्रीको सम्बोधन : महामारीमा पनि शैक्षिक निरन्तरता

मन्त्री पौडेलले महामारीका समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी गराए। महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्वका बारेमा सोच्न बाध्य बनाएको उनको भनाइ छ।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले फ्रान्सको पेरिसमा जारी युनेस्कोको ४१औँ महासभालाई सम्बोधन गर्दै कोभिड–१९ महामारीका समयमा पनि नेपालले बालबालिकाको शिक्षालाई निरन्तरता दिएको बताउनुएका छन्।

National life

मन्त्री पौडेलले महामारीका समयमा कम प्रविधिको प्रयोग हुने टेलिभिजन, सामुदायिक रेडियो र घरमा आधारित सिकाइ सामग्रीको प्रयोग गरेर बालबालिकाको शिक्षालाई निरन्तरता दिएको जानकारी गराए। महामारीले आफूहरूलाई शिक्षामा डिजिटल डिभाइसको महत्वका बारेमा सोच्न बाध्य बनाएको उनको भनाइ छ।

शिक्षा, स्वास्थ्य, लैङ्गीक समानता र महिला सशक्तिकरणजस्ता प्रमुख क्षेत्रमा नेपालले महत्वपूर्ण सफलता हासिल गरिसकेको बताउँदै मन्त्री पौडेलले दिगो विकासका लक्ष्यलाई अपनाएको उल्लेख गरे।

साथै, ‘सिकाइ कहिल्यै रोकिँदैन’ भन्ने दृढ प्रतिबद्धताका साथ सरकारले स्थानीय निकायलाई उपयुक्त निर्णय लिन अनुमति दिने आवश्यक कानूनी प्रक्रिया तयार गरिसकेको उनले बताए। 

महामारीको प्रतिकूल प्रभावका बाबजुद पनि शिक्षा क्यालेन्डरलाई निरन्तरता दिन आवश्यक निर्देशन र नियमावली बनाएको उनले जानकारी गराएका थिए। वैकल्पिक शिक्षामा राम्रो अनुभवका लागि आफूहरू डिजिटल प्लेटफर्म डिजाइन र कार्यान्वयनको प्रयासमा रहेको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

विज्ञान र प्रविधिको विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री पौडेलले आविष्कार र अनुसन्धानलाई बढावा दिनुका साथै युवा वैज्ञानिकहरूलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा अर्को कदम चाल्न प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे। 

त्यसैगरी, हरितगृह ग्यास उत्सर्जनमा नगण्य हिस्सा भए पनि जलवायु परिवर्तनको प्रतिकूल असरबाट नेपाल नराम्ररी प्रभावित बनेको मन्त्री पौडेलले बताएका थिए। पेरिस सम्झौताको कार्यान्वयनमा प्रतिबद्ध रहेको जानकारी गराउँदै उहाँले जलवायु–उत्थानशील विकास मार्ग प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको दोहोर्‍याएका थिए। 

मूर्त र अमूर्त सम्पदाको संरक्षण र संरक्षण नेपालको राष्ट्रिय प्राथमिकता रहेको बताउँदै उहाँले सन् २०१५ को महाभूकम्पका कारण ध्वस्त भएका राष्ट्रिय तथा विश्वसम्पदाको सन् २०२२ सम्ममा पुनर्निर्माण र पुनर्निर्माणका लागि नेपालले सबै प्रयास गरिरहेको जानकारी गराएका थिए। महासभामा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी र युनेस्कोका लागि नेपालका सहायक महासचिव डा.बाबुराम अधिकारी सहभागी छन्।


प्रकाशित: Nov 13, 2021| 20:05 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्