बुधबार, भदौ ३, २०८३

४ ठाउँका सवारी दुर्घटनामा ४ जनाको मृत्यु

देशका विभिन्न ४ स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- देशका विभिन्न ४ स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ। चितवन, सुर्खेत र झापामा भएका ४ दुर्घटनामा ४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ। 

चितवनको ईच्छाकामना गाउँपालिका-५ शान्तिबजारस्थित सडकमा ना.५ ख ८२५५ नम्बरको गाडीले बा.प्र ०३-०४ प-८०६४ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार कालिका नगरपालिका-७ बस्ने ५५ वर्षीया अजुमाया राना मगरको घटनास्थलमै मृत्यु भएको छ। 

दुर्घटनामा घाइते भएका स्कुटर चालक मृतकको श्रीमान ५९ वर्षीय टेक बहादुर राना मगरलाई उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुरतर्फ पठाइएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-५ स्थित सडकमा बागमती प्रदेश ०२-०२८ प ४८८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक दैलेख महाबु गाउँपालिका-५ घर भएका २३ वर्षीय मनोज सिंहको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो।

सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-१ बाङ्गेसिमलमा भे.१ ह ८४४ नम्बरको अटो अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार वीरेन्द्रनगर नगरपालिका-१ बस्ने ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता झापाको शिवसताक्षी नगरपालिका-१० सैनिक चोकमा प्र.१-०१-०१२ प ६७६२ नम्बरको मोटरसाइकललाई को.६ प ९६९५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अनियन्त्रित भई मे.१ ज २०७३ नम्बरको बोलेरो गाडीमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा को.६ प ९६९५ नम्बरको मोटरसाइकल चालक कन्काई नगरपालिका बस्ने २६ वर्षीय पदम बिकको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि विएनसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। तीन वटै सवारी साधन र बोलेरो चालकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।

यी दुर्घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रकाशित: Nov 13, 2021| 18:07 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।