शुक्रबार, भदौ ५, २०८३

सर्वोच्च अदालतको समस्या छिट्टै समाधान हुन्छ : उपेन्द्र यादव

सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन्।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

विराटनगर- सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन्। अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरुले हस्तक्षेप गर्न उचित नहुने धारणा समेत राखेका हुन्। 

'अदालतका विषयमा दुनियाँमा कहीँ पनि राजनीतिक दलहरुले न्यायालयमा हस्तक्षेप गर्ने चलन छैन,' शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाका जवाफ दिने क्रममा उनले भने, 'न्यायालय आफूभित्र देखिएको समस्या समाधान गर्न आफैं सक्षम छ। न्यायालयको काम राजनीतिक दलहरुले र राजनीतिक दलहरुले गर्ने काम न्यायालयले गर्न थाल्यो भने त्यो झन चौपट हुँदैन? न्यायालयको समस्या समाधान गर्नका लागि त्यहाँ विद्वान अधिवक्ता, विद्वान न्यायाधीशहरु हुनुहुन्छ।उहाँहरु आफैं निकास दिन सक्षम हुनुहुन्छ।'

राजनीतिकर्मीहरुले न्यायालयभित्र हस्तक्षेप गर्नु नहुने पक्षमा आफू रहेको उनले उल्लेख गरेका थिए। 'आ–आफ्नो दायरा भित्र रहेर समस्यालाई हल गर्नु पर्छ। त्यहाँ समस्या छ, त्यसको निरुपण चाँडै नै हुन्छ। त्यसलाई राजनीतिक रुपले हस्तक्षेप गर्न उचित हुँदैन। कहीँ पनि दुनियाँमा यस्तो चलन छैन,’ उनले भने। 

अध्यक्ष यादवले संविधान संशोधन नगरेकै कारण अदालतमा यस्तो समस्या आएको दाबी गर्दै त्यसलाई संशोधन नगरी अघि बढन नसकिने अडान दोहोर्‍याए। उनले सत्तारुढ दलहरुबीचको गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने बताएका थिए।

प्रकाशित: Nov 13, 2021| 17:22 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...