काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २९५ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्। ८ हजार २४३ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ४७८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २७८ छ।
पछिल्लो २४ घण्टामा ३४ हजार ७१६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।