सोमबार, फागुन २५, २०८२

फिलिपिनी राष्ट्रपतिकी छोरी उपराष्ट्रपतिको उम्मेदवार

फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएकी छन्।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएकी छन्। बहिर्गमनको चरणमा रहेकी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेलेकी छोरी सारा दुतेर्तेले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने भएकी हुन्।   

National life

साराले आगामी सन् २०२२ मा हुने निर्वाचनमा देशको दोस्रो ठूलो पदका लागि प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगले जनाएको छ। देशको प्रभावशाली पार्टी लकास सि एम डी पार्टीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएकी आयोगका अधिकारीहरूले जानकारी दिएका छन्। 

'सारा डुटेर्टेले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्न आवश्यक कागजपत्रहरू आफ्ना प्रतिनिधि मार्फत पठाएर उम्मेदवारी दर्ता गराउनु भएको छ, अब उहाँले उपराष्ट्रपतिमा प्रतिस्पर्धा पर्ने निश्चित भएको छ,' आयोगका प्रवक्ता क्रिश्चिना गार्सिया फ्रास्कोले भने। 

उम्मेदवारी दर्ताका लागि तोकिएको समयावधि सकिनै लाग्दा उनले उम्मेदवारी दर्ता गराएकी हुन्। निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ।

उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुने गरी राष्ट्रपतिमै प्रतिस्पर्धा गर्ने तयारी गरे पनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन्। 

Laxmi sunrise bank
kumari

आफूले जनताले चाहे अनुसार काम गर्ने गरेकाले मतदाताले आफूलाई निर्वाचित गराउने उनले विश्वास व्यक्त गरेकी छन्।  -एएफपी

प्रकाशित: Nov 13, 2021| 15:41 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।