कैलाली- कैलालीको लम्कीमा घाइते भेटिएका युवकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका-१० स्थित सडकखण्डमा अन्दाजी २८/३० वर्षय युवक शुक्रबार राति घाइते अवस्थामा भेटिएका थिए।
उनलाई उपचारका लागि टीकापुर अस्पताल पुर्याइएको पनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको पहिचान हुन सकेको छैन।
घटनास्थलमा गाडीको सिसा भेटिएको र यसबारे अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ।