सोमबार, असार २२, २०८३

विश्वकप छनोटमा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

अर्को वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हराएको छ। अर्जेन्टिनाले उरुग्वेको घरेलु मैदानमै उसलाई १–० गोलअन्तरले हराएको हो।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं– अर्को वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई हराएको छ। अर्जेन्टिनाले उरुग्वेको घरेलु मैदानमै उसलाई १–० गोलअन्तरले हराएको हो।

अर्जेन्टिनाको जितमा मिडफिल्डर डी मारियाले निर्णायक गोल गरे। खेलको सातौं मिनेटमा डी मारियाले गरेका गोल नै खेलको निर्णायक गोल बन्यो। अर्जेन्टिना उरुग्वेको पोस्टतर्फ ७ प्रहार गरे पनि अन्य गोल गर्न सकेन।

यता खेल अवधिभर ३५ प्रतिशत समय मात्र बलमा पकड बनाएर अर्जेन्टिनाको पोस्टतर्फ १९ प्रहार गरे पनि उरुग्वेका कुनै प्रहार सफल भएनन्।

त्यसैले यो पराजयसँगै उरुग्वे छैटौं स्थानमा छ। उसले १३ खेलबाट १६ अंक जोडेको हो। समान १६–१६ अंक भएका चिली र कोलम्बिया चौथो र पाँचौं स्थानमा छन्।

यता अर्जेन्टिना भने २८ अंकका साथ दोस्रो स्थानमा छ। ऊ अहिले विश्वकप छनोटको नजिक पुगेको छ। यता, शीर्षस्थानको ब्राजिलले भने विश्वकपमा आफ्नो स्थान बनाइसकेको छ।

प्रकाशित: Nov 13, 2021| 09:09 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।