धनगढी- कैलालीको अत्तरियामा एक महिला मृत फेला परेकी छन्। पहाड डडेल्धुरा घर भई अत्तरियामा बस्दै आएकी २७ वर्षीया कल्पना भट्ट मृत फेला परेकी हुन्।
आफ्नै कोठामा पङ्खामा झुण्डीएको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
परिवारका सबै जना देउता पुज्न पहाड गएका बेला उनी मृत फेला परेकी हुन्। उनका ९ वर्षीय छोरा रहेका छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।