आइतबार, वैशाख ७, २०८२

फरक नियमसँगै यसरी हुँदैछ चार मैदानमा सहिद स्मारक ए डिभिजन लिग

सहिद स्मारक ए डिभिजन लिग पहिलो पटक सप्ताहान्त हुँदैछ। तर, एकै दिन तीन खेल गर्न पर्याप्त रेफ्री नभएपछि हप्ताको चार दिन लिग हुने भएको छ।
 |  शनिबार, कात्तिक २७, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शनिबार, कात्तिक २७, २०७८

vianetvianet

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग पहिलो पटक सप्ताहान्त हुँदैछ। तर, एकै दिन तीन खेल गर्न पर्याप्त रेफ्री नभएपछि हप्ताको चार दिन लिग हुने भएको छ।

triton college

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सप्ताहान्त गर्ने भनेको फुटबल शुक्रबार, शनिबार, आइतबार र सोमबार सञ्चालन हुनेछ। ‘शुक्रबार र शनिबार साँझ साढे चार बजे दशरथ रंगशालामा फुटबल हुन्छ,’ लिगबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लिग निर्देशक सञ्जीव मिश्रले भने। नेपालमा पनि साँझमा लिग गर्ने संस्कारको विकास गर्न फ्लड लाइटमा लिग गर्ने अभ्यास पनि सुरु भएको हो।

जाडो महिनामा नेपालमा चार बजे अफिस बिदा हुने भएकाले साँझमा फुटबल गर्न सके दर्शकको संख्या पनि बढ्ने एन्फाले जानकारी दिएको हो।

हप्ताहान्तमा खेल गर्ने योजना कसरी आयो त? उनी भन्छन्, ‘क्लबहरूबाट हप्तामा एक दिनमात्र खेल्न सक्ने भन्ने कुरा आएपछि हामीले यो प्रणाली लागू गर्न खोजेका हौं।’ सुरुमा एन्फाले शुक्रबार, शनिबार र आइतबार तीन दिन दिनको तीन वटा खेलका दरले आयोजना गर्ने योजना बनाएको थियो। यसरी गर्दा फागुनको १४ गते खेल सकिने छ।

तर, एन्फाको रेफ्री समितिले यो कुरा गर्न नसकिने बताएपछि खेल चार दिन हुने भएको हो। अब शुक्रबार र शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र आइतबार र सोमबार सातदोबाटोस्थित एन्फाको कभर्डहलमा खेल हुनेछ। यस्तो सेड्युल चाहिँ ब्रोडकास्टिङका लागि सहज होस भनेर गरिएको मिश्रले जानकारी दिएका छन्।

National life insurance

लिगका सबै खेलहरू कान्तिपुर टेलिभिजनले प्रसार गर्ने भएको छ। ‘हाम्रा सम्पूर्ण खेलहरूमध्ये कम्तीमा पनि ५२ खेलहरू टेलिभिजनमा प्रसारण हुन्छन्,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए। यो वर्ष चारवटा मैदानमा एन्फाले लिग गराउने योजना बनाएको छ। त्यसमा दशरथ रंगशाला र एन्फा कम्प्लेक्स त भई नै हाले। थप दुईमा च्यासल मैदान र पोखरा रंगशाला छन्।

नेपालमा अहिलेसम्म लिग सुरु हुनु अगावै सम्पूर्ण सिजन यस्तो हुन्छ भनेर निर्क्योल हुन सकेको छैन। अहिलेसम्म पनि होम एन्ड अबे खेल गराउन एन्फा असमर्थ नै छ। 

'कस्तो छ त च्यासल रंगशाला?', मिश्र भन्छन्, ‘ठिकै नै छ। ड्रेसिङ रुमको समस्या रहेछ। तर, हामीलाई घरेलु खेलकुदमा अन्तर्राष्ट्रिय स्तरको ड्रेसिङ रुम चाहिँदैन। गराउन सकिन्छ।’ 'अनि पोखरा रंगशाला नि?', जवाफमा उनी भन्छन्, ‘भोलि एन्फाको टोली गएर कसरी र कति गराउने हो भनेर चेक गर्नेछ।’

नेपालमा अहिलेसम्म लिग सुरु हुनु अगावै सम्पूर्ण सिजन यस्तो हुन्छ भनेर निर्क्योल हुन सकेको छैन। अहिलेसम्म पनि होम एन्ड अबे खेल गराउन एन्फा असमर्थ नै छ। नेपालमा च्यासलको आफ्नै मैदान छ भने आर्मी र एपीएफको पनि आफ्नै रंगशाला छ।

भर्खरै मात्र मनाङ मस्र्याङ्दि क्लबले पनि पोखरा रंगशालालाई आफ्नो घरेलु रंगशाला बनाउने बताइसकेको छ। यस्तोमा पोखराको घरेलु मैदानमा हिसाबले ६ खेल त्यहाँ आयोजना गर्न मनाङले एन्फालाई प्रस्ताव पनि गरिसकेको छ। त्यसबारे के सोचिरहनु भएको छ ? ‘लिगलाई काठमाडौं बाहिर लैजाने घोषणा गरेअनुरूप चारदेखि पाँच खेल पोखरामा गराउने हामीले सोचेका छौं। तीन टिमले हामी खेल्नका लागि पोखरा जान्छौं भनेर बताएका पनि छन्। यदि त्यसो भएन भने हामीले अन्तिम वा बिचका दुई राउन्डका पुरै खेल त्यहाँ गराउने पनि सोच बनाएका छौं,’ मिश्रले भने।

यदि दुई राउन्डका खेल पोखरामा आयोजना गर्ने हो भने एक करोड धेरै खर्च लाग्ने भएको छ। त्यसका लागि गण्डकी सरकारले केही कुराहरूमा स्पोन्सर गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ। एन्फाको लिग कमिटीले पनि कतार एयरलाइन्स र मिडिया राइटबाहेक अन्य स्पोन्सरहरू बेच्नका लागि पोखरामा समर्थन जनाएको छ। यो वर्षका लागि कतार एयरलाइन्सले  डेढ करोड मूल्य प्रायोजन गरेको छ।

पोखरा रंगशालामा

त्यसैले त्यहाँ खेलहरू आयोजना हुन सके खर्चका लागि चाहिने स्रोतमा सहयोग पुग्ने देखिएको पनि मिश्र बताउँछन्। त्यसरी खेलाउँदा एक करोड धेरै खर्च हुनेछ। र, प्रतियोगिताको लागत पनि साढे सात करोड पुग्नेछ।

त्यसैले यदि दुई चरणका खेलहरू पोखरामा आयोजना भए त्यहाँ भने हप्ताहान्तको नियम लागू हुने छैन। त्यहाँ दैनिक रूपमा खेल हुनेछन्। त्यो किने भने त्यहाँ ड्रेसिङ रुम र फ्लड लाइटको समस्या हुनेछ। तर, कोभिड प्रोटोकल पूर्ण रूपमा पालना हुने उनी बताउँछन्। र, खेलाडीमा कोभिडको संक्रमण देखिए त्यसको जिम्मा एन्फाले लिने भएको छ।

यद्यपि यो लिगमा एन्फाले पुरा टिकट विक्री गर्ने बताएका छ। ‘कोभिड महामारीको प्रभाव पनि अहिले कम नै छ। त्यसैले हामीले पुरा संख्यामा टिकट बिक्री गर्ने सोचेका छौं। यता सुरुमा खेलाडीले कोभिड नेगेटिभ रिपोर्ट बुझाएको अवस्थामा पछि संक्रमण भए त्यसको खर्च एन्फाले नै बेहोर्ने छ,’ महासचिव तुलाधरले भने।

पछिल्लो सिजन ५० लाख रहेको पुरस्कार यो वर्ष ७५ लाख बनाइएको छ। त्यस्तै, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० र २५ लाख पुरस्कार पाउनेछ। लिगमा हरेक खेल जित्ने टिमले ५० हजार पाउनेछ। यदि खेल बराबरी भएमा २५–२५ हजार बाँडिनेछ।

लिगका खेल जहाँ आयोजना भए पनि टिकट दर साधारण तर्फ १०० रुपैयाँ र भिआइपीतर्फ ५०० रुपैयाँ रहने भएको छ। ‘हामीले पोहोरको भन्दा केही कम गरेर टिकट मूल्य निर्धारण गरेका छौं,’ लिगका संयोजक मिश्रले भने। आउँदो प्रतियोगितामा दर्शकका लागि रिफ्रेसमेन्टको समेत व्यवस्था हुने भएको छ। पछिल्लो सिजनमा एन्फाले रंगशालाभित्र खाना, खाजा पानी लगायत सामाग्री लैजान प्रतिबन्ध नै लगाएको थियो।

यस्तो छ पुरस्कार

पुरस्कार राशि पनि वृद्धि भएको छ। पछिल्लो सिजन ५० लाख रहेको पुरस्कार यो वर्ष ७५ लाख बनाइएको छ। त्यस्तै, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० र २५ लाख पुरस्कार पाउनेछ। लिगमा हरेक खेल जित्ने टिमले ५० हजार पाउनेछ। यदि खेल बराबरी भएमा २५–२५ हजार बाँडिनेछ।

लिग सकिएपछि सर्वोत्कृष्ट खेलाडी घोषणा पनि हुनेछ। उसले तीन लाख पुरस्कार पाउनेछ। 

त्यस्तै सर्वाधिक गोलकर्ताले पनि गोल्डेन बुट पाउनेछ। त्यस्तै, उत्कृष्ट गोलकिपरले गोल्डेन ग्लोभ्स पाउनेछ। उत्कृष्ट गोलकिपर र फरवार्डले समान २–२ लाख रुपैयाँ पुरस्कार पाउने छन्। त्यस्तै, युवा खेलाडीले पनि डेढ लाख पुरस्कार पाउनेछ।

यो पुरस्कार रकम भने एन्फालाई बागमती प्रदेशले उपलब्ध गराएको हो। पछिल्लो समय एन्फाले सर्वाधिक गोलकर्तालाई पुरस्कृत गर्ने गरेको थिएन। त्यसैले वेस्ट फरवार्ड खोज्न टेक्निकल कमिटीलाई धेरै सकस परेको थियो। ‘धेरै गोल गर्ने वेस्ट मिडफिल्डर भएर फरवार्ड अर्को पनि भएको छ,’ मिश्रले भने।

तालिका

अहिले क्लबको फिक्चरअन्तर्गत कसको प्रतिस्पर्धा कुन टिमसँग हुने भन्ने तय भए पनि समय र स्थान भने निर्क्योल भइसकेको छैन। मंसिर ३ गते खेल सुरु हुनुअघिसम्म त्यो तय गर्ने एन्फाले लक्ष्य राखेको छ।

कुनकुन क्लबलाई पोखरा लाने भन्ने विषयमा क्लब राजी हुनुपर्छ। त्यसैले एन्फाले फिक्स्चरका लागि समय पर्खिनु परेको हो। मंसिर ३ बाट माघ २ गते सम्ममा ६३ ओटा खेल सकिन्छ। माघ १० देखि माघ १८ सम्म फिफा डे रहेको छ। ‘राष्ट्रिय टिमको मैत्रीपूर्ण हुनसक्छ त्यसलाई खालि राखेको हो,’ मिश्रले भने, ‘फेब्रुअरी ६ र १९ मा पनि एएफसी कपको खेल छ। त्यो मिति पनि खालि राख्नुपरेको छ। त्यसरी नवौं राउन्डपछि एक महिला खालि हुन्छौं।’

एन्फाले गएको साउनमा नै राष्ट्रिय लिग आयोजना गर्ने तयारी गरेको थियो। तर, एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चारमा परेका टिममा सहिद स्मारक लिग खेल्ने खेलाडीको बाहुल्यता रहेको छ। त्यसैले मोफसलका टिमले ए डिभिजन लिगका खेलाडी रिलिज गर्नुपर्छ भन्ने माग राखेपछि राष्ट्रिय लिग हुन सकेन।

एन्फाले यो खालि समयमा मोफसलको प्रतियोगिताको लागि मिति प्रदान गर्ने भएको छ। जहाँ एन्फाको आधिकारिकता लिएर खेलाउने मोफसलको प्रतियोगिताले जम्मा सहभागीमध्ये आधा भन्दा धेरै ए डिभिजन लिग क्लब सहभागी गराउनु पर्ने नियम ल्याउने जनाएको छ। त्यस्तै, एकै समयमा एकभन्दा धेरै ठूला मोफसल खेल आयोजना गर्ने एन्फाको लक्ष्य छ। यदि त्यसो भएमा धेरै सबै क्लबले मोफसलको प्रतियोगिता खेल्न पाउनेछन्। 

यता त्यसपछिका चार राउन्डमा भने एकै समयमा दुई खेल हुने सम्भावना बडेको मिश्रले बताएका छन्। त्यसरी फागुन १४ मा सक्ने भने पनि लिग २२ गतेसम्म लम्बिन सक्ने सम्भावना रहेको लिग निर्देशक मिश्र बताउँछन्।

उनले अन्तिम चार राउन्डका खेल भने दुई म्याच डे मा सक्ने तयारी रहेको बताएका छन्।

लिगको अन्तिम तयारी गरिरहेको एन्फाले अहिलेसम्म पनि सिजनको पुरा फिक्चर प्रदान गर्न भने सकेको छैन। हरेक सिजनमा नयाँ मिति र नयाँ तरिकाले लिग हुने भएकाले नेपालको लिगको संरचना यस्तो हुन्छ भनेर अहिलेसम्म ठ्याक्कै भन्न मिल्ने अवस्था आइसकेको छैन। नेपाली लिगको स्पर्ट मार्गचित्र बन्न सकेको छैन।

यस्तो कहिले होला त? जवाफमा तुलाधर भन्छन्, ‘समय अनुसार परिवर्तन हुँदैछ। पहिला होम एण्ड अबे थिएन। त्यसको धारणा आएको छ। विकास नै भयो नि होइन त ? यो वर्ष डबल राउन्ड रोबिन गराउने थियो तर कोभिडको कारण खेल घटाएको हो। त्यसमा पनि एएफसी कप खेलाउन सबै खेल सकिएको हुनुपर्छ। त्यसैले पनि छोटो बनाउनु पर्‍यो।’

राष्ट्रिय लिग के हुन्छ?

एन्फाले गएको साउनमा नै राष्ट्रिय लिग आयोजना गर्ने तयारी गरेको थियो। तर, एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चारमा परेका टिममा सहिद स्मारक लिग खेल्ने खेलाडीको बाहुल्यता रहेको छ। त्यसैले मोफसलका टिमले ए डिभिजन लिगका खेलाडी रिलिज गर्नुपर्छ भन्ने माग राखेपछि राष्ट्रिय लिग हुन सकेन। ‘क्लबको अनुरोध सम्बोधन गर्न नसकेपछि हुन सकेन,’ लिग निर्देशक मिश्रले भने।

यता, अब यो ए डिभिजन लिग सकिएपछि राष्ट्रिय लिग हुने भएको छ। त्यो लिग पहिलेकै नतिजाको आधारमा हुनेछ। ‘अब लिग सकिएपछि खेलाडी सरुवा बजार खुल्नेछ र त्यसपछि लिग हुनेछ,’ महासचिव तुलाधरले भने।

प्रकाशित: Nov 13, 2021| 08:47 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।