बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • हाम्रो भूमिलाई कुनै देशको विरुद्धमा प्रयोग हुन दिँदैनौं : अफगान विदेश मन्त्री

हाम्रो भूमिलाई कुनै देशको विरुद्धमा प्रयोग हुन दिँदैनौं : अफगान विदेश मन्त्री

अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्ताकी पाकिस्तानको तीन दिने भ्रमणमा छन्। उनले शुक्रबार काबुलमा आफ्नो भूमि कुनै पनि देशको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं- अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्ताकी पाकिस्तानको तीन दिने भ्रमणमा छन्। उनले शुक्रबार काबुलमा आफ्नो भूमि कुनै पनि देशको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन्।

पाकिस्तानको तीन दिने भ्रमणमा रहेका आमिरले २० सदस्सीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्। उनले इन्स्टिच्युट अफ स्ट्रयाटिजिक इस्लामाबादमा एक सेमिनारलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

डोन अखबारको समाचारका अनुसार कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्ताकीले आफ्नो देशमा पाकिस्तान विरोधी तत्त्वलाई परास्त गर्ने बताएका छन्। उक्त क्रममा उनले आफ्नो भूमिलाई कुनै देशको विरुद्धमा प्रयोग हुन नदिने बताएका थिए।

उनले अफगानिस्तानमा कुनै पाकिस्तान विरोधी तत्त्व नरहेको दाबी गरेका थिए। आमिरको यो टिप्पणी अमेरिका, चीन, रुस र पाकिस्तानका वरिष्ठ अधिकारीले बिहीबार तालिबानसँग सबै अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग तोड्ने बताएको दोस्रो दिन आएको हो।

प्रकाशित: Nov 13, 2021| 07:22 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।