बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरा–काठमाडौंको सडक यात्रा दुई घण्टाको बनाउने योजना छ : अर्थमन्त्री शर्मा

पोखरा–काठमाडौंको सडक यात्रा दुई घण्टाको बनाउने योजना छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौं सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना रहेको बताएका छन्।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

पोखरा- अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौं सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना रहेको बताएका छन्।

पोखरा उद्योग वाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिएका हुन्। ‘पोखरा काठमाडौंलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ? यस विषयमा छलफल सुरु भएको छ। सुरुङमार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ,’ उनले भने।

पोखरा–काठमाडौं सडक मार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना रहेको अर्थमन्त्री शर्माले बताए।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले कोभिड–१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्नेगरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ्ग क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको ब्याजदर घटाउनुपर्ने, पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्नेलगायतका माग राखेका थिए।

प्रकाशित: Nov 13, 2021| 06:42 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।