बुधबार, भदौ ३, २०८३

१८६ केजी गाँजासहित दुई जना पक्राउ

गौर नगरपालिका-४ गढवा टोलस्थित गौर-चपुर सडकखण्डमा रोकी राखेको ना६ख ५९४३ नम्बरको ट्रकबाट १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, कात्तिक २७, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २७, २०७८

रौतहट- गौर नगरपालिका-४ गढवा टोलस्थित गौर-चपुर सडकखण्डमा रोकी राखेको ना६ख ५९४३ नम्बरको ट्रकबाट १ सय ८६ केजी अवैध लागूऔषध गाँजासहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर थाहा नगरपालिका-१२ बस्ने २५ वर्षीय सुरेन्द्र गोले र सोही ठाउँ बस्ने १९ वर्षीय रित्तम तामाङ रहेका छन्। 

विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उक्त ट्रक जाँच गर्ने क्रममा ट्रकको चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरेको १२ पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: Nov 13, 2021| 06:31 शनिबार, कात्तिक २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।