सोमबार, मंसिर १८, २०८०

पुस्तकमा सिकाइ, सिकारु र सिकाउनेको कथा

नेपालको शिक्षण सिकाइ प्रणालीमाथि नै प्रश्न गरेको छ, कखराले। सिकाइको क्रममा हिँडिरहेका बालबालिकालाई कसरी लगाम लगाएको घोडा बनाइन्छ भन्ने कखराले प्रस्ट पार्छ।
 |  शनिबार, कात्तिक २७, २०७८
averest bankaverest bank

राज सरगम

राज सरगम

शनिबार, कात्तिक २७, २०७८

घोटिएर पढ्नुपर्ने, बढी नम्बर ल्याउनुपर्ने, अनुशासित हुनुपर्ने, शिक्षकले भन्दा कम बोल्नुपर्ने, बाआमाका लागि जेहनदार र इमानदार सन्तान बन्नुपर्ने मानसिकता बोकेको समाजमा जब कुनै विद्यार्थीले पुस्तकभन्दा परको कुरा गर्छ त्यो विद्यार्थी सबैको चिन्ताको विषय बन्छ।

sagarmatha cement

हरिहर तिमिल्सनाको पहिलो उपन्यास ‘कखरा’ यस्तै एउटा विद्यार्थीको कथा हो। कखराको केन्द्रीय पात्र सफल आफूलाई कुनै पनि अनुशासनमा बाँध्न चाहँदैन। ऊ आफ्नै दुनियाँको संरचना खडा गर्न चाहन्छ। विषयभन्दा बाहिरी दुनियाँको कुरा गर्न रमाउँछ। तर अनुशासनको पाठ रटाउने अभिभावक र शिक्षकलाई यो मान्य हुँदैन।

बरदायिनी स्कुलमा पढ्दै गरेको सफलको कथा हो कखरा। सानु, साधु र सफल स्कुलदेखि गाउँघरसम्मका मिल्ने साथी हुन्। तीमध्ये सफल बढी गफाडी र चलाख छ। ऊ असम्भवलाई सम्भव बनाउन खोज्छ। पैसा राख्ने बैंैक घरमै छ भन्छ। घरमा खुत्रुके हराउँदा आत्तिन्छ। ऊ अध्ययनशील छ तर विषयगत किताबमा रुचि राख्दैन।

पुस्तकालयमा भएका कथा, कविता र निबन्धका किताब उसले नपढेको होइन तर पढ्दै गरेको विषयमा भने कम नम्बर ल्याउँछ। सफल कक्षामा अरुभन्दा धेरै किताबभन्दा बाहिरको प्रश्न गर्छ। जस कारण ऊ शिक्षकको नजरमा दोषी ठहरिन्छ।

शिक्षकसँग प्रश्न गर्ने विद्यार्थी धेरै कम हुन्छन्। त्यस्ता विद्यार्थी कि शिक्षकका प्यारा हुन्छन् कि खराब हुन्छन्। विषयभन्दा बाहिरको प्रश्न गरे शिक्षकले होच्याउने र उत्तर तोडमोड पारिदिने। सफल गृहकार्य गर्दैन।

विद्यालयमा खराब देखिएका विद्यार्थीको कुरा घरसम्म नपुग्ने कुरै हुँदैन। सफल खराब विद्यार्थी हो भन्ने शिक्षकको गुनासो घरसम्म पुग्दा बा रिसाउँछन्। उसलाई पिट्छन्।

नेपालको शिक्षण सिकाइ प्रणालीमाथि नै प्रश्न गरेको छ, कखराले। सिकाइको क्रममा हिँडिरहेका बालबालिकालाई कसरी लगाम लगाएको घोडा बनाइन्छ भन्ने कखराले प्रस्ट पार्छ।

सफल अभिभावकका लागि पनि त सपना हो। अभिभावक चाहन्छन् हरेक सन्तान संस्कारयुक्त होस्। त्यसैले बाह्य किताबभन्दा कोर्सको किताब पढिदिएको हेर्न चाहन्छन् उसका बा। धेरै पढेर जागिर खाओस्। घरको गरिबी हटाओस्, सबैको प्रिय बनोस् भन्ने चाहन्छन्। छोरोले पढिदिएर पास हुनु परिवार पास हुनुजस्तै भन्ने आमअभिभावकको प्रतिनिधित्व गर्दछन् सफलका अभिभावक। सफलमा सिक्ने रुचि तीव्र छ। ऊ अनेक भाषा सिक्न चाहन्छ। चराको भाषा सिक्न लालयित छ। चराले पाएको स्वतन्त्रता आफूले पनि पाएको कल्पना गर्छ। एक जना काकासँग चरोको अण्डा र बचेरा हेर्न जंगल पुग्छ।

सफल आफूलाई अनुशासनमा राख्ने प्रतिबद्धता गरिरहन्छ अभिभावकसँग। तर सक्दैन। हेडसरले सफललाई सुधार्न नसकिने ठान्छन्। सफलले स्कुल फेर्नुपर्ने हुन्छ। ऊ स्कुल फेर्दै जान्छ। तर आपूmलाई फेर्न सक्दैन। ऊ आफ्ना लागिभन्दा परिवारका लागि पढ्न विवश छ।

भौतिक संरचनाले ठडिएको पाठशालाविरुद्ध छ, सफल। किताब मात्रै ज्ञानको स्रोत होइन प्रकृति पनि पाठशाला भन्ने हो भन्ने ज्ञान बाँड्न चाहन्छ। तर उसको कुरा समाजले स्वीकार्दैन।


स्कुल पढ्दै गरेको विद्यार्थीको मनोभावनालाई प्रतिनिधित्व गर्ने पात्र हो, सफल। नेपालको शिक्षण सिकाइ प्रणालीमाथि नै प्रश्न गरेको छ, कखराले। सिकाइको क्रममा हिँडिरहेका बालबालिकालाई कसरी लगाम लगाएको घोडा बनाइन्छ भन्ने कखराले प्रस्ट पार्छ।

कखराले शिक्षकलाई पनि सचेत गराउँछ। गृहकार्य गर्ने विद्यार्थी मात्रै जीवनमा पास हुन्छ भन्ने धारणालाई तोड्न खोजेको छ कखराले। कमजोर विद्यार्थी भए सिंगो स्कुल र परिवार असन्तुष्ट देखिन्छन् तर एउटा कमजोर विद्यार्थीमाथि अभिभावक र शिक्षकले लादेको सिकाइ कस्तो छ भन्ने कहिल्यै सोच्दैनौं।

अधिकांश अभिभावकले आफ्ना सन्तानलाई असल बनाउन पढाइरहेका छैनन्। अभिभावक नम्बरको पछाडि कुदेका छन्। स्कुल व्यापारको पछाडि। आजको विद्यार्थीले पढेका त छन् तर जानेका छैनन्। प्रकृतिमय हुन नसक्नु अर्को दुःखद अवस्था छ।

अभिभावक शिक्षकको भर परेका छन्। शिक्षक किताबमा भर परेका छन्। विद्यार्थीमा पढ्ने रुचि छैन। किन कोर्सभन्दा बाहिरका कुरा गर्छन्? कोर्सले किन ध्यान तानिरहेको छैन? किन कम नम्बर आउँछ? कतै हाम्रो सिकाइ प्रणाली नै त दोषी छैन? खोज्नु पर्ने विषय यी हुन् तर हामी विद्यार्थीको नम्बर खोजिरहेका छौं।

‘पढाउनेले पढौं’ अभियानका अभियन्तासमेत रहेका लेखक तिमिल्सिनाको कखरा उपन्यास विद्यार्थी जीवन र शिक्षक जीवनको कथा हो।

किताबले गिजुभाईको सम्झना गराउँछ। शिक्षा कक्षा कोठाभित्र सीमित गरिएको छ। अनेकन् विधिबाट पनि हामी सिक्न सक्छौं भन्ने अभ्यासलाई बिर्सिएर हामी विषयगत किताबमा मात्रै केन्द्रित छौं।

विद्यालय यातनालय होइन। यहाँ शान्ति र समय सापेक्ष गतिविधि हुनुपर्ने हो। ज्ञानलाई प्रेमपूर्वक बाँड्नुपर्ने हो। तर त्यसको विपरीत हामी सुगा रटाइरहेका छौं।

कुनै पनि कुरा सिक्न विद्यार्थीले अर्थात् सिकारु आफैंले कोसिस गर्नुपर्छ। सफलले त्यो कोसिस गरेको छ। सिकारुले गरेको कोसिसलाई स्कुलले मार्गनिर्देशन गर्नुपर्ने हुन्छ। ‘प्रेमसहितको शिक्षाको खाँचो’ आजको शिक्षण सिकाइ प्रणाली हुनुपर्ने माग कखराको छ।

अढाइ दशकदेखि शिक्षण पेशामा आवद्ध लेखक तिमिल्सिनाले विद्यार्थीका असफलता, डर, त्रास, आँसु र अन्योललाई भोगेका छन्। ‘पढाउनेले पढौं’ अभियानका अभियन्तासमेत रहेका लेखक तिमिल्सिनाको कखरा उपन्यास विद्यार्थी जीवन र शिक्षक जीवनको कथा हो।

प्रकाशित: Nov 13, 2021| 10:26 शनिबार, कात्तिक २७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।