सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बेलारुसमा फसेका आप्रवासीबारे विश्व स्वास्थ्य संगठन चिन्तित

बेलारुसमा फसेका आप्रवासीबारे विश्व स्वास्थ्य संगठन चिन्तित

विश्व स्वास्थ्य सङ्गठनले युरोपेली सङ्घसँगको सीमा विवादका बीच बेलारुसमा फसेका हजारौँ आप्रवासीहरूको स्वास्थ्य अवस्थाको बारेमा चिन्ता व्यक्त गरेको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

National life
Laxmi sunrise bank
kumari

कोपनहेगन (डेनमार्क)- विश्व स्वास्थ्य सङ्गठनले युरोपेली सङ्घसँगको सीमा विवादका बीच बेलारुसमा फसेका हजारौँ आप्रवासीहरूको स्वास्थ्य अवस्थाको बारेमा चिन्ता व्यक्त गरेको छ। संगठनका युरोप निर्देशक हान्स क्लुगेले यस्तो चिन्ता व्यक्त गरेका हुन्।

'सबै राज्यहरूलाई बेलारूसी सिमानामा शरणार्थी र आप्रवासीहरूको स्वास्थ्यको अधिकारको रक्षा गर्न आग्रह गर्दछौँ, जसमध्ये धेरैलाई चिकित्सा सहायता चाहिएको छ,'  निर्देशक क्लुगेले भनेका छन्, 'म जाडो नजिकिँदै पोल्याण्ड, लाटभिया र लिथुआनियासँगको बेलारुसको सिमानामा र दशगजामा फसेका हजारौँ कमजोर मानिसहरूको बारेमा धेरै चिन्तित छु।'

सयौँ आप्रवासीहरू मुख्यतया कुर्दहरू, बेलारूसी–पोलिश सिमाना नजिकै चिसो मौसममा केही दिनदेखि अड्किएका छन्। यस क्षेत्रमा कम्तीमा १० जनाको मृत्यु भएको छ।

प्रकाशित: Nov 12, 2021| 21:35 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।