शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी केन्द्रले संशोधन गर्‍यो विधान, प्रदेश र पालिकामा ७ पदाधिकारी रहने

माओवादी केन्द्रले संशोधन गर्‍यो विधान, प्रदेश र पालिकामा ७ पदाधिकारी रहने

नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ। शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले विधान संशोधन गरेको हो।

विधानअनुसार प्रदेश र पालिकामा ७ सदस्यीय पदाधिकारी रहनेछन्। संशोधित व्यवस्थाअनुसार अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछन्। साविकको विधानअनुसार सो समितिमा पाँच पदाधिकारी रहने व्यवस्था थियो। कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यी वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ। 

त्यसैगरी बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेको छ। अहिले सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ।

राष्ट्रिय सम्मेलनको तयारीस्वरुप ‍‍पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ। आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ।

प्रकाशित: Nov 12, 2021| 21:02 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...