शुक्रबार, भदौ ५, २०८३

केन्द्रीय समितिमा प्रस्तुत हुन पौडेल पक्षले तय गर्‍यो ३ एजेन्डा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुनका लागि तीन एजेन्डा तय गरेको छ। शुक्रबार आफ्नो समूहमा भएको छलफलले तीन एजेन्डा तय गरेको हो।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुनका लागि तीन एजेन्डा तय गरेको छ। शुक्रबार आफ्नो समूहमा भएको छलफलले तीन एजेन्डा तय गरेको हो। 

कांग्रेसले कार्तिक २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ। उक्त बैठकमा प्रस्तुत हुन एजेन्डा तय गरेको हो। 

'महाधिवेशनको सुनिश्चितता, न्यायालयको विषयमा मौनता र संसद् अधिवेशन अन्त्यको कारणबारे सभापति देउवालाई आफ्नो पक्षले छलफल उठाउने निर्णय भएको छ,' बैठकमा सहभागी एक नेताले भने। 

प्रधानन्यायाधीशसम्बन्धी विवादबारे सरकारको नेतृत्वकर्ताका हैसियतमा पहल गर्न दबाब बढाउने पौडेल समूहको तयारी छ। हालसम्म सरकारले न्यायालयको विवादबारे मुख खोलेको छैन।  

महाधिवेशन अझै सुनिश्चित हुन नसकेको समेत भेलाको ठहर छ। यसका लागि सभापति देउवाले विश्वसनीय वातावरण बनाउन नसकेको समेत ठहर गर्दै महाधिवेशन सुनिश्चितताका लागि दबाब दिने विषयमा छलफल भएको ती नेताको भनाइ छ। आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने विषयको प्रवेश भएपनि ठोस निर्णय भने हुन सकेन। 

प्रकाशित: Nov 12, 2021| 18:35 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...