आइतबार, माघ ४, २०८२

मुटुमा समस्या देखिएपछि संन्यासको संघारमा अग्युरो

पछिल्लो समय क्याम्प नोउमा भएको अलाभेसविरुद्धको खेलमा उनी 'सब्टिच्युट' भएका थिए। उनलाई चक्कर आएपछि र स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सब्टिच्युट गरिएको हो।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- अर्जेन्टिनाका फरवार्ड सर्जिर्यो अग्युरो फुटबलबाट संन्यास नजिक पुगेका छन्। मुटुमा समस्या देखिएपछि उनी अन्तर्राष्ट्रिय र व्यावसायिक फुटबलबाट एकैपटक बाहिरिन सक्ने सम्भावना बढेको छ।

National life

पछिल्लो समय क्याम्प नोउमा भएको अलाभेसविरुद्धको खेलमा उनी 'सब्टिच्युट' भएका थिए। उनलाई चक्कर आएपछि र स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सब्टिच्युट गरिएको हो।

उनलाई अहिले मुटुसम्बन्धी समस्या 'कार्डिक एरिथमिया' देखिएको छ। मुटुको चालमा समस्या आउनुलाई कार्डिक एरिथमिया भनिन्छ। तर यसअघि उनलाई मैदानमा उत्साहित भएर नखेलेको भन्ने आरोप लाग्ने गरेको थियो।

जारी सिजनको सुरुमा मात्र उनी प्रिमियर क्लब म्यानचेस्टर सिटीबाट स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए। तर उनले लामो समयपछि मात्र क्लबबाट डेब्यू गर्न सके।

त्यसअघि उनी म्यानचेस्टर सिटीका सर्वाधिक गोल गर्ने विदेशी खेलाडी थिए। प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी पनि अग्युरो नै हुन्।

Laxmi sunrise bank
kumari

बार्सिलोनाले भर्खरै सार्वजनिक गरेको भिडियोमा उनले बार्सिलोना क्लब र समर्थकलाई धन्यवाद भनेका छन्। ‘हेल्लो साथीहरु, तपाईंहरुलाई मैले धेरै माया पठाएको छु,’ भिडियोमा उनले भनेका छन्, ‘सहयोगको सन्देशका लागि धेरै धेरै धन्यवाद। अब यो समय भनेको रिकभर हुने हो र बाँकी समाचारको प्रतीक्षा गर्ने हो।’ उनका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले पनि उनलाई शुभकामना दिएका छन्।

‘मैले उनको एजेन्टसँग कुरा गरेको थिएँ। उनी र उनको परिवारको लागि अहिले समस्या छ,’ उनले भनेका छन्, ‘म उनको सुधार चाहन्छु। त्यसका लागि कति समय लाग्छ लागोस्, सबैभन्दा मुख्य कुरा नै स्वास्थ्य हो।’

ग्वार्डिओलको प्रशिक्षणमा पनि अग्युरोले सिटीमा केही सिजन खेलेका थिए। त्यहाँबाट उनले प्रिमियर लिग, एफए कपलगायतको उपाधि जितेका छन्।

अग्युरो अर्जेन्टिनाको शीर्ष डिभिजन लिगमा खेल्ने सबैभन्दा युवा खेलाडीसमेत हुन्। उनले १५ वर्षमा नै लिग खेलेका थिए। उनले अर्जेन्टिनाबाट यू २० विश्वकप, ओलम्पिक फुटबल र कोपा अमेरिका जितेका छन्। १०० भन्दा धेरै क्याप जितेका उनले अजेन्टिनाबाट तीनवटा विश्वकप खेलिसकेका छन्। अग्युरो अर्जेन्टिनाका तेस्रो धेरै गोलकर्तासमेत हुन्।

प्रकाशित: Nov 12, 2021| 18:21 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।