आइतबार, वैशाख ७, २०८२

बीपीका उपकुलपति गिरीसहित सबै पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस

बीपीको समस्याका सम्बन्धमा छानबिनका लागि बनेको समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई बर्खास्त गर्न सिफारिस गरेको हो।
 |  शुक्रबार, कात्तिक २६, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

शुक्रबार, कात्तिक २६, २०७८

vianetvianet

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ। बीपीको समस्याका सम्बन्धमा छानबिनका लागि बनेको समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई बर्खास्त गर्न सिफारिस गरेको हो। 

triton college

समितिका एक सदस्यले आर्थिक अनियमिततामा मुछिएका पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस गरिएको जानकारी दिए।बीपीका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा संयोजक रहेको छानबिन समितिले शुक्रबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको हो। 

पदाधिकारीले आफ्नो पदीय दायित्व र आचरणअनुसारको काम नगरेको ठहर समितिको छ। समितिको एक सदस्यले भने, ‘प्रतिवेदनमा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहले प्रतिष्ठान सञ्चालनका क्रममा आर्थिक अनियमितता गरेको उल्लेख छ।’ 

पदाधिकारीले आर्थिक अनियमितता गरेको भन्दै असार १ गतेदेखि प्रतिष्ठानका कर्मचारी र विद्यार्थी आन्दोलित छन्। विरोधका कारण प्रतिष्ठानका रजिस्ट्रार मोहनचन्द्र रेग्मिले राजीनामा दिइसकेका छन्। 

आन्दोलन सुरु भएको झन्डै दुई महिनापछि प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादर देउवाले मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा उच्चस्तरीय छानबिन कार्यदल गठन गरेका थिए। कार्यदलले स्थलगत अनुगमन तथा छलफल गरी प्रतिवेदन पनि तयार पार्‍यो। 

National life insurance
‘प्रतिवेदनमा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा.गुरु खनाल र अस्पताल निर्देशक डा.गौरीशंकर साहले प्रतिष्ठान सञ्चालनका क्रममा आर्थिक अनियमितता गरेको उल्लेख छ।’ 
अनुगमनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर खस्कँदै गएको, प्रतिष्ठानमा आर्थिक अनियमितता बढ्दै गएको, प्राज्ञिक क्षेत्र तथा कर्मचारीको वृत्तिविकास रोकिएको, स्वायत्तता हस्तक्षेप हुन थालेको, पदाधिकारीबीच असमझदारी बढेको लगायत समस्या देखाइएको थियो।  प्रतिवेदनका आधारमा सरकारले वार्ताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलको संयोजकत्वमा समिति बनायो।

उक्त समितिले संघर्ष समितिसँग साउन २९ मा ६ बुँदे सम्झौता गर्‍यो।  तर सम्झौता भएको एक महिना पूरा हुँदासमेत उक्त सम्झौता कार्यान्वयन नभएपछि भदौ २० गतेदेखि संघर्ष समितिले आन्दोलन सुरु गरेको थियो। 

अगाडि प्रतिवेदन बुझाएका दुवै समितिले बीपीका पदाधिकारीले आर्थिक अनियमितता गरेको प्रस्ट पारेको थियो। तर पनि पदाधिकारीलाई कुनै कारबाही नभएपछि समितिले पुनः आन्दोलन गरेको थियो। 

अघिल्लो प्रतिवेदनले प्रतिष्ठान अनियमितता र पदाधिकारीले पदिय दायित्व पूरा नगरेको देखाएपछि प्रतिष्ठान ऐनअनुसार पदाधिकारीलाई कारबाही गर्नका लागि कुलपतिले सहकुलपति एवं स्वास्थ्यमन्त्रीको नेतृत्वमा तीन सदस्सीय छानविन समिति बनाएका थिए। 

बीपी प्रतिष्ठान शुद्धीकरण अभियानका सदस्य पदम नेपाली भन्छन्, ‘यसअगाडिको समितिले नै उनीहरुलाई कारबाही गर्न सिफारिस गरिसकेको थियो। अब भने विवादित पदाधिकारीलाई बर्खास्त गर्न र योग्य र सक्षम व्यक्तिलाई प्रतिष्ठानको पदाधिकारी नियुक्ति गर्नुपर्छ।’ 

प्रतिष्ठानका रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले पदाधिकारीको विरोध हुन थालेपछि राजीनामा दिइसकेका छन्। तर रेग्मीले समेत पदीय मर्यादा विपरीत प्रतिष्ठानमा सामग्री खरिद गर्दा आर्थिक अनियमितता गरेको पाइएकाले उनलाई पनि कारबाही गर्न सिफारिस गरिएको बताइएको छ। 

प्रतिवेदन बुझाएपछि मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै स्वास्थ्यमन्त्री  विरोध खतिवडाले अब बस्ने सिनेट बैठकले उक्त प्रतिवेदनले दिएका विषयमा छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए। उनले भने, ‘प्रतिष्ठानको बेथिति अन्त्यका लागि अयोग्य पदाधिकारीमाथि कारबाही हुनेछ।’ 

प्रकाशित: Nov 12, 2021| 20:47 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्