बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश जबराबाट पैसाको बलमा न्यायको चीरहरण भयो : शम्भु थापा [भिडियोसहित]

प्रधानन्यायाधीश जबराबाट पैसाको बलमा न्यायको चीरहरण भयो : शम्भु थापा [भिडियोसहित]

‘पुलिसको सुरक्षामा अदालत प्रवेश गर्नुको कुनै अर्थ छैन। जनताको आस्था रहेको कानुन बोल्ने र हिँड्ने ठाउँमा प्रहरी राखेर मूल गेटबाट प्रवेश गर्न नसक्ने के तपाईं पनि प्रधानन्यायाधीश हो?’
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं– नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पैसाको बलमा न्यायको चीरहरण गरिरहेको आरोप लगाएका छन्। नेपाल बारले शुक्रबार सर्वोच्च परिसरमा आयोजना गरेको धर्नामा सम्बोधन गर्दै थापाले भने, ‘‘महाभारतमा जसरी द्रौपदीको चीरहरण भएको थियो। न्यायालयमा प्रधानन्यायाधीशले पनि न्यायको हरण गरिरहनुभएको छ। त्यो चीरहरण पैसाको बलमा भइरहेको छ।’ 

प्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई बन्ध्याकरण गर्ने काम गरेको आरोप थापाको छ। उनले भने, ‘जसले गर्दा न्यायको बाटो आफ्नो बाटोमा हिँड्न सकेन।’ थापाले प्रधान्यायाधीशलाई न्याय खरिदबिक्री गर्ने अधिकार नरहेको बताए। उनले भने, ‘जोगीलाई भिक्षाटन गर्ने अधिकार हुन्छ। तर, उसलाई महल बनाउने अधिकार हुँदैन। प्रधानन्यायाधीशलाई न्याय दिने अधिकार हुन्छ। तर, न्यायको खरिदबिक्री गर्ने अधिकार हुँदैन।’

‘पुलिसको सुरक्षामा अदालत प्रवेश गर्नुको कुनै अर्थ छैन। जनताको आस्था रहेको कानुन बोल्ने र हिँड्ने ठाउँमा प्रहरी राखेर मूल गेटबाट प्रवेश गर्न नसक्ने के तपाईं पनि प्रधानन्यायाधीश हो?’ 

उनले प्रधानन्यायाधीशलाई इजलास गठन गर्न चुनौती पनि दिए। थापाले प्रधानन्यायाधीश जबराले कुर्सी नछोडे उनको पूर्ण कार्यकालसम्म आन्दोलन गरि नै रहने बताए। उनले भने, ‘यसका लागि बारलाई पनि आन्दोलन घोषणा गर्न म आग्रह गर्दछु।’ 

उनले कारण देखाऊ आदेशदेखि बेन्च गठनसम्मका सबै मुद्दा जबराकै कारण बन्ध्याकरण भएको आरोप लगाए।  थापाले प्रधानन्यायाशीको बहिगर्मन भइसकेको पनि बताएका छन्। उनले भने, ‘पुलिसको सुरक्षामा अदालत प्रवेश गर्नुको कुनै अर्थ छैन।’ थापाले अर्को प्रसंगमा जबरा अब प्रधानन्यायाधीश नै नरहेको पनि बताए। उनले प्रश्न गरे, ‘जनताको आस्था रहेको कानुन बोल्ने र हिँड्ने ठाउँमा प्रहरी राखेर मूल गेटबाट प्रवेश गर्न नसक्ने के तपाईं पनि प्रधानन्यायाधीश हो?’ 

अब जबरालाई गंगाजल छर्केर शुद्ध पार्ने अवस्था नरहेको थापाको भनाइ छ। उनले अहिलेको आन्दोलन न्यायको शुद्धताका लागि भएको पनि बताए। 

थापाले प्रधानन्यायाधीश हरिप्रसाद प्रधानदेखि जन्माउने कृष्णप्रसाद भण्डारीलाई साक्षी राख्दै प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘महाभारतमा जसरी सकुनी पासा मिलाउँदै थिए। अहिलेका प्रधानन्यायाधीशका पनि धेरै पासा मिलाउने सकुनी बजारमा देखापरेका छन्। ती सकुनीहरूबाट ल्याएका पैसा विभिन्न ठाउँमा प्रवाह भएका छन्। कोही म कानुन व्यवसायी हुँ भनेर देखा पर्ने कोही माइतीघर मण्डलातिर देखा पर्ने भइरहेको छ।’ 

थापाले प्रधानन्यायाधीशलाई जुवा सक्किसकेकाले घोर जुवामा नउत्रिन चेतावनी दिएका छन्। घोर जुवामा उत्रिए परिवारसहित तान्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि उनले दिए।

प्रकाशित: Nov 12, 2021| 15:04 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।