शनिबार, असोज ६, २०८०

प्रधानन्यायाधीश जबरा प्रकरणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

न्यायपालिकामा उत्पन्न विवादका विषयमा प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल भएको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं– न्यायपालिकामा उत्पन्न विवादका विषयमा प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामाका विषयलाई लिएर झन्डै दुई सातादेखि सर्वोच्च अदालत लगायतमा न्याय सम्पादन प्रक्रिया ठप्प भएको विषयमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुबीच छलफल भएको हो।

sagarmatha cement

राजनीतिक भागबन्डा खोज्ने प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने मागसहित कानुन व्यवसायीहरू कात्तिक ८ गतेदेखि आन्दोलित छन्। यस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्।

प्रधानमन्त्रीसँगको छलफलमा राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, महान्यायाधिवक्ता खम्बबहादुर खाती, नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित सर्वोच्च बारका पदाधिकारीसमेत सहभागी थिए।

‘न्यायालयमा देखिएको विवादका विषयमा प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गर्ने काम भएको छ। समस्या समाधानका विभिन्न विकल्पका बारेमा कुराकानी भयो’, छलफलमा सहभागी एक कानुन व्यवसायीले भने।


प्रकाशित: Nov 12, 2021| 14:26 शुक्रबार, कात्तिक २६, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सिंहदरबारमा आन्दोलनरत शिक्षकसँग सरकारको वार्ता

सिंहदरबारमा आन्दोलनरत शिक्षकसँग सरकारको वार्ता

सरकारले आज बिहान ९ बजे आन्दोलनरत शिक्षकसँग सम्बोधन गरिने मागका विषयबारे छलफल गर्ने बताए पनि दुवै पक्षको आन्तरिक तयारी नपुगेपछि वार्तामा ढिलाइ भएको हो।
चीन भ्रमणका लागि न्युयोर्कबाट हाङझाव उड्दै प्रधानमन्त्री प्रचण्ड

चीन भ्रमणका लागि न्युयोर्कबाट हाङझाव उड्दै प्रधानमन्त्री प्रचण्ड

चिनियाँ समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कबाट हाङझावका लागि उड्न लागेका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री प्रचण्डको भेट

महासभामा सहभागी हुन अमेरिका पुगेका विभिन्न देशका प्रतिनिधिको सम्मानमा राष्ट्रपतिले दिएको रात्रिभोजका क्रममा प्रधानमन्त्रीले बाइडेनसँग फोटो सेसन र संक्षिप्त भेट गरेको प्रचण्डको सचिवालयले बताएको हो।