आइतबार, वैशाख २८, २०८२

प्रधानन्यायाधीशले आज पनि तोके आठ इजलासमा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।
 |  शुक्रबार, कात्तिक २६, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

vianetvianet

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।

triton college

प्रधानन्यायाधीश जबराले आठ वटा इजलासमा पेसी तोकेका हुन्। उनले सात वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन्।

उनले आफू बाहेक १५ जना न्यायाधीशको इजलास तोकेका हुन्। न्यायाधीश दीपककुमार कार्की र कुमार चुडाल, मीरा खड्का र प्रकाशमानसिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाल, आनन्दमोहन भट्टराई र सुष्पलाता माथेमा, वमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलास र हरिकृष्ण कार्कीको एकल इजलास रहेको छ ।

सर्वोच्च अदातलका न्यायाधीश र नेपाल बार प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा छन्। जसले गर्दा पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन।

प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि  न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्दै आएका छन्।

National life insurance

सर्वोच्चमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ  नभए पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ।

प्रकाशित: Nov 12, 2021| 11:57 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...