काठमाडौं- सर्वोच्च अदालत परिसरबाट नेपाल बारको आन्दोलनका क्रममा पाँच जना पक्राउ परेका छन्। प्रहरीले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको पक्षमा आन्दोलन गरिरहेका पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चार महिला र एक पुरुष रहेको बताइएको छ। जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेपछि उनीहरूले त्यहाँ आएर प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरेका थिए।
उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ।