शुक्रबार, भदौ ५, २०८३

अर्को बाटोबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्को बाटोबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेपछि उनी अर्कोबाटोबाट प्रवेश गरेका हुन्।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्को बाटोबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेपछि उनी अर्कोबाटोबाट प्रवेश गरेका हुन्।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधान न्यायाधीशले चोरबाटो प्रयोग गरेको आरोप लगाएका छन्। 'हामी कुनै आक्रामक ढंगले अगाडि बढ्दै नौं। सान्तीपूर्वक गेटमा धर्ना बसिरहन्छौं', उनले भने, 'प्रधानन्यायाधीशको यो हर्कतले हाम्रो आन्दोलन थप सशक्त हुनेछ।'

जबराको राजीनामा माग गर्दै धर्नामा बसेका कानुन व्यवसायीहरूलाई बिहीबार सुरक्षाकर्मीले बल प्रयोग गरेपछि आज प्रधानन्यायाधीशलाई गेटबाट प्रवेशमा रोक लगाउन धर्ना दिइएको नेपाल बार एसोसिएसनमा महासचिव लीलामणि पौडेलले जानकारी दिए। 

कानुन व्यवसायीको विरोधका कारण सर्वोच्च अदालत अगाडिको सडकमा आवागमनमा अवरोध भएको छ भने सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।

प्रकाशित: Nov 12, 2021| 11:10 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...