बुधबार, भदौ ३, २०८३

डीएसपी तिम्सिनाको निधन

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाको मृत्यु भएको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

सप्तरी- इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाको मृत्यु भएको छ। 

काठमाडौं महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा ४६ वर्षीय डीएसपी तिम्सिनाको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

निमोनियाबाट पीडित तिम्सिनाको उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। दसैंअघि बिरामी भएका तिम्सिनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएको थियो। धरानबाट नोबेल अस्पताल विराटनगरमा भर्ना भएका तिम्सिनाको अवस्थामा सुधार नआएपछि केही दिन अघि हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो।

प्रकाशित: Nov 12, 2021| 11:03 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।