शुक्रबार, भदौ ५, २०८३

सर्वोच्च परिसरको सुरक्षा व्यवस्थामा कडाइ

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएसँगै सर्वोच्च परिसरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने रणनीति लिएसँगै सर्वोच्च परिसरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको छ।

सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सुरक्षा सतर्कता बढाइएको बताएका छन्। सुरक्षाको व्यवस्थापन काठमाडौं परिसरले गरिरहेको हो।

प्रकाशित: Nov 12, 2021| 10:00 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...