सोमबार, असार २२, २०८३

ब्राजिलले तय गर्‍यो विश्वकप यात्रा

५ पटकको विश्व विजेता ब्राजिल अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकपमा छनोट भएको हो।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- पाँच पटकको विश्व विजेता ब्राजिल अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकपमा छनोट भएको हो। १० टोली सम्मिलित जारी दक्षिण अमेरिकी छनोटमा ३४ अंकका साथ ब्राजिल शीर्षस्थानमा छ।

अघिल्लो खेलमा पनि उसले छिमेकी प्रतिद्वन्दी कोलम्बियालाई हराएको छ। घरेलु मैदानमा कोलम्बियालाई हराउने क्रममा नेयमारले दिएको पासलाई लुकास पकेटाले गोलमा परिणत गरेका थिए।खेल अवधिभर ६४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको ब्राजिलले कोलम्बियाको पोस्टतर्फ १६ प्रहार गरेको थियो। छनोटमा ब्राजिलले अझै ६ खेल खेल्न बाँकी छ।

प्रकाशित: Nov 12, 2021| 10:35 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।