सोमबार, असार २२, २०८३

स्विडेनको पराजयले होला त स्पेनलाई फाइदा?

फिफा विश्वकपको युरोपेली छनोटमा बिहीबार राति स्विडेनले हार बेहोरेको छ। बिहीबार राति सम्पन्न खेलमा घरेलु टिम जर्जियाले स्विडेनलाई २-० गोलले हराएको हो।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- फिफा विश्वकपको युरोपेली छनोटमा बिहीबार राति स्विडेनले हार बेहोरेको छ। बिहीबार राति सम्पन्न खेलमा घरेलु टिम जर्जियाले स्विडेनलाई २-० गोलले हराएको हो।

जर्जियाको जितका लागि क्विचा क्वारेस्किलियाले दुई गोल गरे। यससँगै स्विडेनले समूह बीमा शीर्षथानमा गुमाएको छ। यसअघि १५ अंकका साथ शीर्षस्थानमा थियो भने दोस्रो स्थानमा स्पेनको १३ अंक थियो।

यता गएरातिकै खेलमा स्पेनले ग्रिसविरुद्ध १-० गोलको साँघुरो जित निकालेको छ। पावलो सराबियाले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरेका थिए। त्यसैले अहिले स्पेन तीन अंक थप गर्दै समूहको शीर्षस्थानमा उक्लिएको छ।

अहिले स्पेनको १६ अंक छ भने स्विडेनको १५ अंक छ। दुवैको एक खेल बाँकी छ। सिधा विश्वकपमा पुग्नका लागि समूहको शीर्षस्थामा पर्नु पर्ने हुन्छ। 

अब समूहको अन्तिम खेलमा स्पेनले आउँदो आइतबार राति स्विडेनलाई आतिथ्याता प्रदान गर्दैछ। गएरातिको खेलमा जित निकालेको भए आउँदो खेलमा स्विडेनलाई बराबरी नै विश्वकपमा पुग्नका लागि पर्याप्त हुने थियो।

अब दोस्रो स्थानमा रहेकाले स्पेनलाई फाइदा भएको छ। आइतबारको खेलमा यदि स्पेनले स्विडेनसँग हार बेहोरेन भने स्पेन अर्को वर्ष हुने विश्वकपमा पुग्नेछ। अथात् खेल बराबरी भएमा पनि स्पेनले विश्वकपमा स्थान बनाउने छ। त्यो खेलमा जुन टिमले जित निकाल्यो सोहि टिम समूह बीको दोस्रो स्थानमा रहँदै विश्वकपमा पुग्नेछ।

यता गएराति स्पेनले जित निकालेपछि अर्को समूहको दोस्रो स्थानमा रहेको वेल्सले भने प्लेअफमा स्थान बनाएको छ।

प्रकाशित: Nov 12, 2021| 09:25 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।