शुक्रबार, भदौ ५, २०८३

कैलालीमा शनिबार कांग्रेसको वडा अधिवेशन हुने

क्रियाशील सदस्यता विवादका कारण रोकिएको वडा अधिवेशन कैलालीमा भोलिदेखि हुँदैछ। कात्तिक २७ गते हुने वडा अधिवेशनको तयारी पूरा भएको नेपाली कांग्रेस कैलालीले जनाएको छ।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

धनगढी- क्रियाशील सदस्यता विवादका कारण रोकिएको वडा अधिवेशन कैलालीमा भोलिदेखि हुँदैछ। कात्तिक २७ गते हुने वडा अधिवेशनको तयारी पूरा भएको नेपाली कांग्रेस कैलालीले जनाएको छ।

आगामी २७ गतेदेखि कैलालीलगायत १३ जिल्लामा वडा अधिवेशन हुने मिति तय गरिएको थियो। अधिवेशन तयारीका लागि नेपाली कांग्रेस  कैलालीले धनगढीमा बृहत् भेलासमेत गरीसकेको छ।

भेलाले अधिवेशनलाई भव्य, सभ्य, एकता, मेलमिलाप, सहमति, सहकार्य र सहअस्तित्वलाई आत्मसात् गरेर सबै प्रक्रिया विवादरहित ढंगले सम्पन्न गर्ने सहमति भएको जिल्ला अधिवेशन प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले बताए। उनले जिल्लाका सबै वडा र नगरमा निर्वाचन अधिकृतलाई खटाउन अभिमुखीकरण पनि गरिसकिएको बताए।

उनले पहाडी क्षेत्र र टाढा रहेका वडा तथा नगरमा बुधबार नै निर्वाचन अधिकृतलाई खटाइसकिएको बताए। केन्द्रीय कार्यालयले जिल्लामा कार्तिक २७ गते वडा, कार्तिक ३० गते पालिका, मंसिर ३ गते प्रदेशसभा, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र र मंसिर १० गते जिल्लाको मिति तय गरेको थियो।

यसअघि कार्तिक ६ गतेको जिल्ला कार्य सम्पादन समितिको निर्णयअनुसार जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिसकेको छ। मूल समितिलाई सहयोग गर्न विभिन्न समिति समेत निर्माण गरिएको छ। 

आर्थिक व्यवस्थापन समिति संयोजक शेरबहादुर देउवा, अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनार, स्वयंसेवक समिति संयोजक कृष्ण पाण्डे, आवास व्यवस्थापन समिति संयोजक केशव मिश्र, भोजन व्यवस्थापन समिति संयोजक नारायण सत्याल, यातायात व्यवस्थापन समिति संयोजक टेकराज जोशी, प्राथमिक उपचार समिति संयोजक उत्तम जोशी, मञ्च व्यवस्थापन समिति संयोजक पुरन चौधरी, अतिथि सत्कार समिति संयोजक रेखा देवकोटा, सचिवालय व्यवस्थापन समिति संयोजक कमला शर्मा र निर्वाचन व्यवस्थापन समिति संयोजक नवराज रावललाई तोकिएको छ।

एक सय २६ वडा रहेको कैलालीमा नेताहरू वडा अधिवेशन सर्वसहमतिमा गराउन लागेका छन्। नेपाली कांग्रेसका नगर सभापति समेत रहेका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख प्रमुख नृपबहादुर वडले वडा अधिवेशन सर्वसहमतिमा गराउन लागेको बताए। 

'वडा अधिवेशन सर्वसहमतिमा हुनुपर्छ', वडले भने, ‘हामी त्यसैमा लागेका छौं।’ यद्यपि धनगढी उपमहानगरपालिकाका केही वडाका नेता कार्यकर्ता प्यानल बनाएर चुनावी प्रचारमा अगाडि बढिसकेका छन्।

प्रकाशित: Nov 12, 2021| 09:15 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...