बुधबार, भदौ ३, २०८३

फ्रान्समा फैलियो कोरोनाको पाँचौं लहर

फ्रान्समा कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरूले देशमा कोरोनाको पाँचौं लहर फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- फ्रान्समा कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरूले देशमा कोरोनाको पाँचौं लहर फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

फ्रान्सका स्वास्थ्य मन्त्री ओलिवियर वेरनले पाँचौं लहर पहिलेको भन्दा झनै भयावह हुने चिन्ता व्यक्त गरेका छन्। उनले सबै जनतालाई सावधानी अपनाउन आग्रह गरेका छन्। 

उनले नियमित स्वास्थ्य मापदण्डको पालना गरे मात्रै पाँचौं लहरबाट जोगिन सकिने बताएका छन्। देशमा कोरोना महामारी नसकिएकाले सबै जनताले अझै  उच्च सतर्कता कायमै राख्नुपर्ने उनको सुझाव छ। 'हामी निकै नाजुक अवस्थामा छौं। त्यसैले सबैले लापरबाही नगरौं। हामी सबैसँग कोरोना मापदण्ड पालना गर्न आग्रह गर्छौं', उनले भने।

उनले देशमा अक्टुबर मध्यबाट कोरोना संक्रमितको संख्या नियमित बढिरहेको बताएका छन्। उनले कोरोना खोप, मास्क र स्वच्छताले कोरोना महामारीलाई परास्त गर्न सकिने बताएका छन्।

बुधबार मात्रै फ्रान्समा ११ हजार ८ सय ८३ नयाँ संक्रमित थपिएका थिए। फ्रान्समा अहिलेसम्म ७३ लाख ४६ हजारमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ। संक्रमणकै कारण १ लाख १९ हजारले ज्यान गुमाइसकेका छन्।

प्रकाशित: Nov 12, 2021| 08:18 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।