सोमबार, असार २२, २०८३

विश्वकपमा पुग्न क्रोएसिया र रसियाबीच निर्णायक खेल हुँदै

अर्को वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको समूह एचमा रहेका रसिया र क्रोएसियाले बिहीबार राति सानदार जित निकालेका छन्।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं- अर्को वर्ष कतारमा हुने फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको समूह एचमा रहेका रसिया र क्रोएसियाले बिहीबार राति सानदार जित निकालेका छन्।

दुवैले सानदार जित निकालेपछि सिधै विश्वकपमा को पुग्ने भन्नेबारे अझैसम्म निष्कर्षमा पुगेको छैन। गए रातिको जितसँगै समूहको शीर्षस्थानका रहेको रसियाको २२ अंक छ भने दोस्रो स्थानमा रहेको क्रोएसियाको २० अंक छ। अब समूहको अन्तिम खेलमा यी दुई टिमले प्रतिस्पर्धा गर्दै छन्।

खेल खेलमा जित निकाल्ने टिमले अर्को वर्ष हुने विश्वकप खेल्न पाउनेछ। अर्थात् समूहको शीर्षस्थानमा रहने टिमले विश्वकप खेल्न पाउनेछ। समूह एचबाट विश्वकप खेल्ने टिमका लागि अन्तिम खेलसम्म पर्खिनु पर्ने भएको छ।

अन्तिम खेलमा रसियालाई बराबरी पनि पर्याप्त हुनेछ भने क्रोएसियाका लागि जितको विकल्प छैन। तर समूहको दोस्रो स्थानमा रहे पनि उसले विश्वकप छनोटका लागि प्लेअफ भने खेल्न पाउनेछ।

रसियाको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा उसले पाहुना टिम साइप्रसमाथि ६-० गोलको जित निकालेको छ। ६ गोलमध्येको ५ गोल क्रोएसियाले दोस्रो हाफमा गरेको थियो।

त्यस्तै गए रातिकै खेलमा क्रोएसियाले माल्टाविरुद्ध ७-१ गोलको जित निकालेको हो। अब यी दुईबिचको खेल आउँदो आइतबार क्रोएसियामा हुनेछ। 

प्रकाशित: Nov 12, 2021| 08:30 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।