सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • जर्मनीले ९–० गोलको जित निकालेपछि प्रशिक्षक फ्लिकले बनाए कीर्तिमान

जर्मनीले ९–० गोलको जित निकालेपछि प्रशिक्षक फ्लिकले बनाए कीर्तिमान

जर्मनी राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हान्सी फ्लिकले आफ्नो सुरुआति ६ खेलमै जित निकालेको कीर्तिमान बनाएका छन्।
 |  शुक्रबार, कात्तिक २६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २६, २०७८

काठमाडौं– जर्मनी राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हान्सी फ्लिकले आफ्नो सुरुआति ६ खेलमै जित निकालेको कीर्तिमान बनाएका छन्। फ्लिकको कोभिड संक्रमणले क्षति पुर्‍याएको टिमले १० खेलाडीमा समेटिएको लिचेस्तानलाई विश्वकप छनोटमा ९–० गोलले हराउँदै  फ्लिकले कीर्तिमान कायम गरेका हुन्।

बिहीबार रातिको खेलअघि डिफेन्डर निक्लस सुलेलाई कोभिड संक्रमण देखिएर पाँच खेलाडी बाहिरिएपछि फ्लिकले टिममा केही परिवर्तन गरेको थियो। २०२२ को विश्वकपका स्थान बनाइसकेको जर्मनीलाई जित दिलाउन खेलमा लिरोय साने र थोमस मुलरले समान २–२ गोल गरेका थिए।

यता खेलको पहिलो १० मिनेटमै पाहुना टिम लिचेस्टाइन भने १० खेलाडीमा समेटिएको थियो। जर्मनीका लियोन गोरेट्जालाई खुट्टाले प्रहार गरेपछि जेन्स होफरलाई रेफ्रिले मैदानबाहिर पठाइदिएका थिए।

त्यसपछि पाएको पेनाल्टीमा इल्के गुन्डोगनले गोल गरेका थिए। २०औं मिनेटमा त लिचेस्टाइनका ड्यानियल काउफ्म्यानले आफै पोस्टमा गोल गरेका थिए। उनको गोलसँगैको तीन मिनेटमा लिचेस्टाइन निकै खराब अवस्थामा पुगेको थियो।

त्यो किनभने उसले तीन मिनेटमा तीन गोलको सामना गर्नुपरेको थियो। सानेले २२औं मिनेटमा गोल गरे भने मार्को रिउसले २३औं मिनेटमा गोल गरे।


गएरातिको खेलअघि नै जर्मनीका पूर्व प्रशिक्षक जोआचिम लोलाई बिदाइ गरिएको थियो। उनले रंगशालामै रहेर खेलको निरीक्षण गरेका थिए। जहाँ जर्मनीले पहिलो हाफमा चार र दोस्रो हाफमा पाँच गोल गर्‍यो।

सानेले दोस्रो गोल ४९औं मिनेटमा गरे। त्यस्तै मुलरले ७६औं मिनेटमा र ८६औं मिनेटमा गोल गरे। मुलरको गोलबीच खेलको रिडल बाकुले पनि गोल गरेका थिए।

खेलको निर्धारित समय सकिनुभन्दा एक मिनेटअघि अर्को गोल कोसेली पायो। यसपटक लिचेस्टाइनका म्याम्स गोप्पेलले आफै पोस्टमा गोल गरेका थिए। 

यससँगै आफू प्रशिक्षक बनेपछिका छ खेलका सतप्रतिशत जित निकाल्दै प्रशिक्षक फ्लिकले जर्मन फुटबलमा कीर्तिमान बनाएका हुन्।

यो जितसँगै विश्वकपको युरोपेली छनोटअन्तर्गत समूह जे मा रहेको जर्मनीले शीर्षस्थानमा २४ अंक बनाएको छ। पराजित लिचेस्टाइनले १ अंक मात्र जोड्न सकेको छ।

यता सोही समूहअन्तर्गतको अर्को खेलमा रोमानियाँ र आइसल्यान्ड बराबरीमा रोकिएका छन्। त्यस्तै, नर्थ म्यासेडोनियाले अर्मेनियालाई ५–० गोलअन्तरले हराएको छ।

प्रकाशित: Nov 12, 2021| 07:29 शुक्रबार, कात्तिक २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।