शनिबार, जेठ ५, २०८१

जब ज्योतिषीको कुरा आयो देउवा र निधि दुवै हाँसे

निधिले ज्योतिषीको प्रसंग निकालेका थिए। उनले भनेका थिए, 'ज्योतिषीले तपाईलाई प्रधानमन्त्री पो पटक–पटक हुनुहुन्छ भनेको हो त। सभापति पटक–पटक बन्नुहुन्छ भनेको कहाँ हो र?' निधिले यसो भनेपछि दुवै नेता हाँसेका थिए।
 |  बिहीबार, कात्तिक २५, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार आफूनिकट नेताहरुलाई बालुवाटार बोलाए। पार्टीको आसन्न १४औं महाधिवेशनका लागि रणनीति बनाउने उद्देश्यसहित देउवाले आफू निकटहरुलाई बालुवाटार डाकेका थिए। देउवाले पछिल्लो समय आफूबाट टाढिएका र सभापति लड्ने तयारीमा रहेका विमलेन्द्र निधिलाई समेत छलफलका लागि बोलाएका थिए।  

triton college

गत असार ५ गते  देउवाको निजी निवास बूढानीलकण्ठमा भएको महाधिवेशन केन्द्रित छलफल पछि देउवा-निधि सम्बन्ध 'ग्रे जोन'मा छ। 

१३औं महाधिवेशनमा देउवालाई सभापति बनाउन निधिले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। तर, यसपटक भने देउवाको प्रतिस्पर्धी बन्ने तयारीमा निधि छन्। यही अवस्थामा देउवाले निधिसँगको सम्बन्ध सुधार गर्ने प्रयत्नस्वरुप उनलाई पनि छलफलमा  बोलाइएको थियो। तर देउवाको प्रयास भने फलदायी हुन नसकेको बैठकमा सहभागी एक नेता बताउँछन्। ती नेताका अनुसार बालुवाटारमा देउवा र निधिबीच सवालजवाफ भएको थियो। 

छलफलका क्रममा निधिले आफू सभापतिमा लड्ने तयारी गरिरहेकाले देउवासँग सहयोग मागेका थिए। निधिले असार ५ कै शैलीमा सभापतिमा आफूलाई सघाउन देउवालाई गरेको आग्रह गरेका थिए। निधिले भनेका थिए, 'शेरबहादुरजीले १३औं महाधिवेशनमा मलाई आगामी महाधिवेशनमा सहयोग गर्छु भन्नुभएको थियो। म सभापतिमा उठ्ने हो। सहयोग गर्नुपर्‍यो।' निधिको प्रस्ताव सुनेपछि देउवाको प्रतिक्रिया थियो, 'सभापतिमा लड्ने अधिकार तपाईलाई छ। शुभकामना छ।'

देउवाको जवाफ सुनेपछि निधिले भनेका थिए, 'शेरबहादुरजीले शुभकामना दिनु भनेको मेरा लागि त गुड न्युज भइहाल्यो नि।' तर, निधिको कुरा सुनिसक्ने बित्तिकै देउवाले भनेका थिए, 'मैले अहिलेलाई कहाँ भनेको हो त। १५औं महाधिवेशनका लागि शुभकामना भनेको हो। तपाईलाई अहिले नउठ्नुस् भनेको मान्नुहुन्न! 

corrent noodles
Metro Mart

त्यसपछि निधिले ज्योतिषीको प्रसंग निकालेका थिए। उनले भनेका थिए, 'ज्योतिषीले तपाईलाई प्रधानमन्त्री पो पटक–पटक हुनुहुन्छ भनेको हो त। सभापति पटक–पटक बन्नुहुन्छ भनेको कहाँ हो र?' निधिले यसो भनेपछि दुवै नेता हाँसेका थिए। र, यो विषयमा देउवाले जवाफ नफर्काएको ती नेताले जानकारी दिए। 

000

निधिले सरकार सञ्चालनमा सहयोग गर्न भनेर वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बनाइएको राजनीति संयन्त्रका विषयमा असन्तुष्टि राखेका थिए। राजनीतिक संयन्त्र बनाउनु सकारात्मक कुरा नभएको उनको भनाइ थियो। निधिले भनेका थिए, 'अहिले जुन संयन्त्र बनाइएको छ। यो राम्रो भएन। सरकार सञ्चालनका लागि यस्तो संयन्त्र बनाउन हुँदैन। यो त कम्युनिस्ट पार्टीको पोलिटब्यूरो जस्तो भइहाल्यो नि।' निधिको असन्तुष्टि सुनेपछि देउवाले भनेका थिए, 'हैन यो राष्ट्रियसभा निर्वाचनका लागि बनाइएको हो।' 

तर, निधिले देउवाको जवाफमा चित्त बुझाएनन् र भनिहाले, 'मन्त्रीहरुले नै यो चुनावसम्मका लागि बनाइएको हो। आम चुनावको तयारीका लागि हो भनेका छन्। हामी कांग्रेस जित्नुपर्छ भन्छौं, गठबन्धन गरेर कसरी जितिन्छ? यो संसदको कार्यकालभर गठबन्धन गर्नुपर्छ। तर, चुनावमा एक्लै लड्नुपर्छ।'  निधिको उठाएको यो सवालमा देउवाले प्रतिक्रिया जनाएनन्। 

यसपछि स्विस राजदूतसँग भेटघाट गर्ने कार्यक्रम रहेको भन्दै बैठकको बीचमै निस्किएका निधिले अन्तिममा भनेका थिए, 'कार्यकर्ताको भावना बुझ्दा पनि अहिले तपाईं र रामचन्द्रजी नउठ्नुस् भन्ने छ। मेरो आग्रह छ, दुवै जना नलड्नुस्। सकिन्छ दोस्रो पुस्ताबाट सर्वसम्मत नेतृत्व चयन गरौं, नभए स्वस्थ प्रतिस्पर्धा हुन दिऔं।'  

निधिको यो प्रस्तावमा देउवा सकारात्मक देखिएनन्। देउवाले भनेका थिए, 'होइन चुनाव लड्ने मरो अधिकारको कुरा हो नि!'

प्रकाशित: Nov 11, 2021| 19:54 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...