शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पदाधिकारी र केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पौडेलले बोलाए छुट्टै भेला

पदाधिकारी र केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा पौडेलले बोलाए छुट्टै भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट नेताहरुको भेला बोलाएका छन्। शुक्रबार दिउँसो २ बजे दियालो फुडल्यान्डमा नेता पौडेलले आफू निकटका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट नेताहरुको भेला बोलाएका छन्। शुक्रबार दिउँसो २ बजे दियालो फुडल्यान्डमा नेता पौडेलले आफू निकटका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्। 

भेलामा महाधिवेशनलक्षित रणनीतिबारे छलफल हुने पौडेल निकट एक नेताले जानकारी दिए।

'वडादेखि जिल्लासम्मको नेतृत्व चयनबारे आफ्नो पक्षको धारणाबारे बैठकमा छलफल हुनेछ,' पौडेल निकटका ती नेताले भने, 'मुख्यतया महाधिवेशनलाई लक्षित गरेर नै छलफल हुनेछ। त्यसमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन सक्छ।' नेता पौडेल राजनीतिक समन्वय समितिको संयोजक भएकाले सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा पनि अनौपचारिक छलफल हुनसक्ने ती नेताको भनाइ छ।

नेता पौडेलले पार्टीका मुख्य  मानिने पदाधिकारी र केन्द्रीय समितिको बैठकअघि आफ्नो समूहको भेला बोलाएका हुन्। कांग्रेसले कात्तिक २७ गते पदाधिकारी बोलाएको छ भने २८ केन्द्रीय समितिको बैठक बोलाएको छ। 

नेपाली कांग्रेसले केही हिमाली जिल्लामा जिल्लास्तरीय नेतृत्व चयन भएको छ भने केही जिल्लामा वडा अधिवेशन नै सुरु भएको छैन।कांग्रेसले अहिले ७७ जिल्लाको क्रियाशील सदस्यता प्रकाशन गरिसकेको छ। तर क्रियाशील सदस्यताका विषयमा भने विवाद कायमै छ। पछिल्लो पटक कांग्रेसले रौतहट जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो। क्रियाशील विवादका साथै साझा उम्मेदवारीको विषयमा पनि भेलामा छलफल गर्ने पौडेलको योजना रहेको बताइएको छ।

चौधौँ महाधिवेशनको मिति नजिकिँदै गर्दा नेता पौडेलको समूहमा उम्मेदवारको व्यवस्थापन पेचिलो विषय बनेको छ। पौडेल पक्षले आफ्नो पक्षबाट साझा उम्मेदवार तयार गर्ने दाबी गर्दै आएपनि नामका विषयमा भने टुंगो लाग्न सकेको छैन। पौडेल पक्षबाट पौडेलका साथै डा शशांक कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला र सुजाता कोइरालाले सभापतिको उम्मेदवार बन्न आकांक्षा देखाएका छन्। 

प्रकाशित: Nov 11, 2021| 18:24 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...