आइतबार, जेठ ३, २०८३

कोभिशिल्डको पहिलो डोज लगाएकालाई मंगलबारदेखि एक्स्ट्राजेनेकाको अर्को खोप

पहिलो डोज कोभिशिल्ड खोप लगाएर दोस्रो डोज लगाउन नपाएका नागरिकले मंगलबारदेखि दोस्रो डोज लगाउन पाउने भएका छन्।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं– पहिलो डोज कोभिशिल्ड खोप लगाएर दोस्रो डोज लगाउन नपाएका नागरिकले मंगलबारदेखि दोस्रो डोज लगाउन पाउने भएका छन्। 

National life

जापान सरकारले उपलब्ध गराएको एस्ट्राजेनेकाको खोप मंगलबारदेखि दोस्रो डोज लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

जापान सरकारले उपलब्ध गराउने १६ लाख खोपमध्ये पहिलो खेप शनिबार र दोस्रो खेप आइतबार आइपुग्ने जनाइएको छ। खोप आएको तीन दिनमा लगाउन सुरु गरिने मन्त्रालयले यसअघि नै बताइसकेको छ। जापानले उपलब्ध गराउने एस्ट्राजेनेका खोप यसअघि भारतले उपलब्ध गराएको कोभिशिल्ड खोप एउटै कम्पोजिसनबाट बनेकाले कोभिसिल्ड खोप लगाएकालाई एस्ट्राजेनेकाको खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले बताएको छ। 

फागुन २३ गतेदेखि चैत ३ गतेसम्म पहिलो डोज कोभिसिल्ड खोप लगाएका करिब १३ लाख ६४ हजार ७०१ जनाले दोस्रो डोज लगाउन पाएका छैनन्। 

कोभिसिल्ड लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने थियो, जसअनुसार जेठ ११ गतेबाट दोस्रो चरणको खोप सुरु गर्नुपर्ने थियो। तर भारतबाट खरिद गरिएको खोप नआएपछि खोप अभियान नै प्रभावित बनेको हो।



प्रकाशित: Aug 05, 2021| 11:54 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्